
बैशाख २३,२०७८ काठमाडौं : वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ ।
विहान अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौंको सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा ८३ बर्षिय प्रधानको निधन भएको अस्पताल स्रोतले जनाएको छ। संगीतकार लक्ष्मण शेषले पनि फेसबुकमा स्टाटस लेख्दै गायक प्रधानको निधन भएको उल्लेख गरेका छन्।
यसअघि उनलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि केहि दिन अघि मात्रै उनी डिस्चार्ज भएका थिए। उनले ‘घुम्तीमा नआउ हैु, ुपर लैजाउ फूलहरूु, ुगोरेटो त्यो गाउँकोु, ुनमान लाज यसरीु लगायतका दर्जनौं कालजयी गीत गाएका छन्।







