चट्याङ लागेर वडा सदस्यको मृत्यु

0
232

बैशाख २१,२०७८बैतडी :चट्याङ लागेर बैतडीमा एक जनप्रतिनिधिको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारी रहेका छन्।

वडा सदस्य भण्डारीको सोमबार राति चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख हरिशरण भट्टले जानकारी दिए। घर नजिकै मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

SHARE