माछा मार्न गएका युवकको शव फेला

0
323

चैत २९,२०७७ गोरखा : माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको ६ दिनपछि शव फेला परेको छ। सहिद लखन थापा गाउँपालिका–४ ठेउवाटारका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

चैत २३ गते सोमबार साँझ साथीहरुसँगै घरबाट माछा मार्न भनेर नदीमा गएका प्रजा नफर्किएपछि उनको खोजी हुँदै आएको थियो। प्रजाको शव त्रिशूली नदी किनारमा फेला परेको प्रहरी नायब उपरीक्षक दाहालले बताए। उनलाई नदीले बगाएर बेपत्ता बनाएको थियो। बेपत्ता प्रजाको सोही रातिदेखि खोजी भए पनि फेला पर्न सकेका थिएनन्।

SHARE