तिलाचन पाण्डे
चैत २८,२०७७ गुल्मी : कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेदबहादुर थापाले तालिममा सिकेको सीपलाई ब्यबहारमा लागु गर्न आग्रह गरेका छन् ।
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत वडा नम्वर दुई अर्बेनीको दमौखानीमा जुता ,चप्पल र ढाका सीप बिकास तालिमको उद्घाटन गर्दै थापाले यस्तो बताएका हुन् ।
स्थानीय स्तरमा गरिबी न्यूनीकरण गर्नका लागि सिकेको सीपलाई ब्यबहारमा लागु गरी ब्यबसायीक बनेमा तालिमले सार्थकता पाउने थापाको दाबी छ । गरिबी न्यूनीकरण गर्नका लागि गाउँपालिका लागि परेको दाबी गर्दै थापाले उद्यमी गर्नेलाई सहयोग गर्ने बताए ।
तालिममा ८५ जना सहभागी रहेका छन् । तालिमको अबधि भने फरक फरक रहेको छ । ढाकाबुनाई दूई महिले ,जुता चप्पल एक महिने र होजीयारी तालिम ४५ दिनको रहने लुघु उद्यम बिकास सहजकर्ता मिरा श्रीस बुढाले जानकारी दिइन् ।
तालिममा सहजीकरणका लागि उदयपुर र बुटवलबाट आएको बिशेषज्ञ टोलीले गर्ने गाउँपालिकाले जनाएको छ ।