गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

0
259

चैत २८,२०७७ गुल्मी : गुल्मीमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका गौडाकोटबाट चारपाला तर्फ जाँदै गरेको लु २३ प ५०६७ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका गुल्मीदरबार गाउँपालिका वडा नम्वर ७ का ४५ बर्षका रामबहादुर खत्रीको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
उनको शबलाई जिल्ला अस्पताल गुल्मीमा राखिएको र पोष्टमार्टम गर्ने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE