चोरी भएको मोटरसाइकल र अभियुक्त ६ घण्टामै पक्राउ

0
339

चैत २६,२०७७
सर्लाही : सर्लाहीको मलङ्गवा–१० बाट बुधबार चोरी भएको मोटरसाइकल र चोरीमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोटरसाइकलधनी रामबाबु राउतले आफ्नो ना१प२१४८ नम्बरको मोटरसाइकल चोरी भएको निवेदन बुधबार दिउँसो १ बजे दिएका थिए। लगत्तै प्रहरी परिचालन गरी साँझ ६ बजे नै मोटरसाइकल र चोरीमा संलग्नलाई पक्राउ गरेको थियो।

मोटरसाइकल चोरी गर्ने मलङ्गवा–९ का मोहम्मद सद्दाम हुसेनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

SHARE