टोपलाल अर्याल
चैत १५,२०७७ गुल्मी :इस्मा गाउँपालिकामा संचालन हुने राष्ट्रपति रनिङशिल प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको छ ।
इस्मा गाउँपालिकामा चैत १७ र १७ गते प्रतियोगीताको आयोजना गरिएको छ । दुई दिनसम्म छात्रछात्रा भलिवल, कवडी, एथ्लेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट र ज्याब्लिङ थ्रो, सितेरियो कराँते, तेक्वान्दो र उसु लगायतका खेलहरु संचालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले जानकारी दिए ।
प्रतियोगीताको लागि इस्मा गाउँपालिका ४ को रामराज्य मावि प्राङगड र वडा नं ५ को महुत्का डाँडा खेल मैदान छनौट गरिएको छ । प्रतियोगीताको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले उद्घाटन गर्ने कार्ययोजना बनाइएको घर्तिले बताए । राष्ट्रपति रनिङशिल प्रतियोगीताको लागि बिद्यालयहरुलाई पत्राचार र खेल मैदान व्यावस्थापनको काम सकिएको शिक्षा शाखा प्रमुख लाल बहादुर कुंवरले जानकारी दिए ।
यो प्रतियोगितामा गाउँपालिकाका भित्रका बिद्यालयमा कक्षा १२ सम्म नियमित अध्ययन गर्ने १८ बर्ष मुनिका बिद्यार्थीले भाग लिन पाउनेछन् । पहिलो दिनको उद्घाटन लगायतका कार्यक्रमले खेलहरु दुई दिनमा नसकिए चैत १८ गते पनि प्रतिस्प्रर्धा गराइने कुवंरले बताए ।