गुल्मीमा भीडभाड, जुलुस, गर्नमा रोक

0
271
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

चैत २०७७ गुल्मीः गुल्मीमा भीडभाड, जुलुस, ¥यालीमा प्रशासनले रोक लगाएको छ । छिमेकी देश भारतमा कोरोना महामारीको संख्यामा बृद्धि भएपछि त्यसको सर्तकता स्वरुप भीडभाड, जुलुस, ¥याली गर्न नपाइने भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण बढन नदिन स्वास्थ्य मापदण्ड पालन गर्नको लागि सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले जानकारी दिइन् । बैठकले निकटमा रहेको फागु पूर्णिमा (होली) को अबसरमा परिवार भित्र मात्र मनाउने निर्णय गरेको छ ।
त्यस्तै मास्क सबैले अनिवार्य रुपमा लगाउने, सामाजिक दूरी, साबुन पानी वा सेनिटाइजरले हात धुने व्यवस्थालाई पालन गर्नु गराउनु हुन अनुरोध गरिएको छ । होटल रेष्टुरेन्ट ,मदिरा बिक्री बितरण उपभोग लगायतका व्यवसायहरु राती आठ बजेपछि बन्द गर्ने निर्णय भएको छ ।
सवारी साधनमा सिट क्षमता भन्दा वढि यात्रु नराख्ने, अनिवार्य माक्स तथा सेनिटाइजरको व्यवस्था यातायात व्यवसायीहरुले मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । सरकारी गैरसरकारी निजी क्षेत्र, बिद्यालय÷ कलेजहरु, व्यवसायी, संघ, संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउने निर्णय भएको छ ।
निर्माण व्यवसायीहरुले विदेशबाट कामदार ल्याउँदा अनिवार्य रुपमा एन्टीजेन टेष्ट गरी नेगेटिभ रिर्पोट आएकाहरुलाई मात्र निर्माण सम्बन्धि काममा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् ।

SHARE