आइएमइ लाइफ इन्स्योरेन्स गुल्मीको एजेन्ट मिट कार्यक्रम सम्पन्न

0
316

अनिष पन्थी
चैत ८,२०७७ गुल्मी :आइ।एम।इ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मीले आज एक कार्यक्रमको बिच एजेन्ट मिट कार्यक्रम गुल्मी सदरमुकाम तम्घासमा समपन्न गरेको छ।
अभिकर्ताहरुलाइ बिमामा रिफ्रेसमेन्ट गर्ने , बिमाको बारेमा जानकारी दिने,एजेन्टहरुमा भएको समस्या समाधान गर्ने उदेश्यले उक्त कार्यक्रम राखिएको गुल्मी पाल्पा अर्घाखाँचीका एरिया ब्रान्च म्यानेजर खुमलाल अर्यालले जानकारी दिए ।गुल्मी पाल्पा र अर्घाखाँचीको नेतृत्व गर्नुभएका ब्रान्च म्यानेजर अर्यालले यसै जिल्लामा २५० भन्दा बढी अभिकर्ताको उल्लेखनीय सक्रियता भएको र सक्रिय नभएकाहरुलाइ पनि सक्रिय बनाउन लागिपरेको बताए ।
अहिलेसम्म २००० भन्दा धेरै बिमा गराएको र जिल्ला मा स्थापना भएदेखि हालसम्म ५ जनालाइ मृत्यु भुक्तानी समेत प्रदान गरेको उनले बताए ।
कम्पनिका कार्यकारी प्रमुख कवि फुल्याल ,महाप्रबन्धक ऋषि भक्त ढकाल,ट्रेनिङ शाखाका सरोज ढुङ्गेलको कार्यक्रममा सहभागीता रहेको थियो।

SHARE