२४ हजार घुससहित मालपोत अधिकृत प्रक्राउ

0
219

चैत ६,२०७७ कञ्चनपुर : मालपोत कार्यालय कञ्चनपुरमा कार्यरत मालपोत अधिकृत लोकराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले बिहीबार सेवाग्राहीबाट घुस लिँदै गरेका बेला पक्राउ गरेको छ।

सेवाग्राहीबाट घुस लिइरहेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले अधिकृत जोशीलाई २४ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको हो।

घुस रकमसहित पक्राउ परेका अधिकृत जोशी माथि अनुसन्धानको कार्य अगाडी बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए

SHARE