प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रेसुंगाका अति विपन्न २४१ जनालाई रोजगार प्रदान

0
561

फागुन १६,२०७७ गुल्मी : जिल्लाको रेसुंगा नगरपालिकाले नगरपालिका भित्र रहेका अति विपन्न २४१ जनालाई एक सय दिनको रोजगार प्रदान गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत नगरभित्र आर्थिक अबस्था कमजोर भएका २४१ जनालाई सय दिनको रोजगार प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।
प्रत्येक वडाबाट बेरोजगार रहेको र रोजगारका लागि निबेदन दिएकाहरुबाट अति विपन्नहरुलाई सय दिन बराबरको रोजगारी प्रदान गर्ने गरी छनोट गरिएको नगरपालिकाले जनाएको छ । छनोट भएका २४१ जनालाई अभिमुखीकरण तालिम पश्चात सुरक्षाका लागि आवश्यक सामाग्री , गैटी ,बेल्चा लगायतका औजारहरु प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
२४१ जनालाई प्रत्येक वडाका बिकास निर्माणका आयोजनाको काम , सडक मर्मत , नाली खन्ने लगायतका कामहरुमा लगाइने नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिए । अति बिपन्नहरुलाई सय दिन बराबरको रोजगारले पनि घरपरिवार चलाउनका लागि सहयोग पुग्ने भुसालले दाबी गरे ।
उनीहरुको पारिश्रमिक बैङक खाता खोली खातामा जम्मा गरिदिने नगरपालिकाले जनाएको छ ।

SHARE