गुल्मीदरबार गाउँपालिकाको सातौं गाउँ सभा फागुन १४ देखि सुरु

0
451

फागुन १५,०७७ गुल्मी :गुल्मीदरबार गाउँपालिकाको सातौं गाउँ सभा फागुन१४ देखि सुरु भएको छ ।
आ।व। ०७७।०७८ का केही कार्यक्रम तथा बजेट संशोधन गर्नको लागि अध्यक्ष श्री अशोककुमार थापाले सभा समक्ष विभिन्न ४४ वटा कार्यक्रम थप तथा संशोधन र बजेट प्रस्ताव साथै गाउँ कार्यपालिकाको कार्यालयबाट हालसम्म भए गरेका प्रगतीहरुको विवरण पेश गरे । करिब २ करोडको कार्यक्रम संशोधनको मुख्य उद्देश्य रुग्ण अवस्थामा रहेका योजनाहरुलाई विभिन्न स्रोतहरुबाट बजेट व्यवस्थापन गरी यसै आर्थिक वर्षमा सम्पन्न गर्नु रहेको छ ।

दूई विधेयक संशोधन प्रस्ताव सभामा पेश
सभामा स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र गुल्मीदरबार गाउँपालिकाको शिक्षा ऐन¸२०७७ लाई पहिलो संशोधन प्रस्ताव सभामा टेबल गरिएको छ । संशोधित कार्यक्रम¸ विधेयक र ऐन संशोधन प्रस्तावमा दफाबार छलफल गरी मिति २०७७।११।१६ गते पारित गर्ने कार्यक्रम रहेको छ ।

सातौं सभाको शून्य समयमा सभाका सचिव प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गुल्मीदरबार गाउँ कार्यपालिकाले २०७७ श्रावण १ गते देखि हालसम्मको वित्तिय प्रगती तथा सुशासन र सेवा प्रवाहमा भए गरेका उल्लेखनीय कार्यहरु र कार्यपालिकाले जारी गरेका विभिन्न १० वटा कार्यविधिहरुको बारेमा सभालाई जानकारी गराए । गुल्मीदरबार गाउँपालिकाको आ।व। ०७७।०७८ देखी कर्मचारीहरुको कार्यसम्पादनमा आधारित प्रोत्साहन गर्ने नीति अनुरुप अर्धवार्षिक कार्य सम्पादनमा विभिन्न १० वटा मापदण्डको आधारमा कर्मचारीहरुको मूल्याङ्कन गरी विभिन्न क्षेत्रका ६ जना कर्मचारीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

उत्कृत्ट कार्य गर्ने ६ जना कर्मचारीहरु सम्मानित

गुल्मीदरबार गाउँपालिकाको आ।व। ०७७र०७८ को नीति तथा कार्यक्रम अन्तर्गत कार्यसम्पादनको आधारमा कर्मचारीहरुको प्रोत्साहन सम्बन्धी मापदण्ड २०७७ बमोजिम तथा प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुख तथा कर्मचारीहरुसँग गरिएको कार्य सम्पादन सम्झौता बमोजिम गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई २०७७ श्रावण देखि पौष मसान्त सम्मको अर्धवार्षिक अवधीमा कर्मचारीहरुले सम्पादन गरेका विभिन्न क्रियाकलापहरुलाई विभिन्न १० वटा मापदण्डको आधारमा छनौट गरी सातौं गाउँ सभा तथा समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री अशोककुमार थापा¸ उपाध्यक्ष श्री मिना भण्डारी र प्रमुख प्रशासकीय अधिकृत श्री लक्ष्मण पाण्डेले छनौट भएका कर्मचारीहरुलाई नगद रु। ५०००।– सहित प्रंशसा(पत्र प्रदान गर्नुभयो ।

कर्मचारी छनौट सम्बन्धी मापदण्डहरु

१। कर्मचारीलाई तोकिएको जिम्मेवारी वहन गर्न क्षमता

२। कार्य विवरण सहितको कार्य सम्पादन करार सम्झौता अनुसार सम्पन्न भएको कार्यको प्रगती

३। विद्युत्तिय हाजिरी अनुसारको समय पालना

४। गाउँपालिकाले लिएको लक्ष्यमा पुर्‍याएको योगदान

५। आफ्नो शाखा तथा कार्यालयको अभिलेख व्यवस्थापन

६। तोकिएको समयमै पत्राचार तथा प्रगती विवरणहरु पठाउने कार्य

७। असल आचरण¸ आज्ञापालन¸ अनुशासन¸ जवाफदेही¸ पारदर्शीता अवलम्बन¸ कार्यदक्षता¸ सदाचारिता¸ मितव्यीता¸ समस्या समाधान गर्न सक्ने क्षमता

८। आफ्नो शाखा तथा कार्यालयको तर्फबाट सम्पादन हुने कार्यहरुको कार्ययोजना निर्माण र सो अनुसारको कार्य प्रगती

९। सेवाग्राहीको काममा सहजिकरण र सेवाग्राही मैत्री व्यवहार आचरण प्रदर्शन

१०। कार्यालय समयको अतिरिक्त समयमा कामकाज

उल्लिखित मापदण्ड अनुसार गाउँ कार्यपालिकाको कार्यालयमा आ।व। २०७७।०७८ को नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाको समग्र क्षेत्रको गतिविधि समावेश गरिएको मासिक भ्(दगििभतष्ल प्रकाशनको लागि खटिई नागरिकको सूचनामा पहुँच पुर्‍याउनको लागि तथा गाउँपालिकाको बेरुजु फर्छौट सम्बन्धी कार्यमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका प्रकाशन संयोजनमा संलग्न कर्मचारीहरु प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख¸ अधिकृत छैठौ श्री टंकप्रसाद पन्थी¸ सूचना प्रविधि अधिकृत श्री सुरेश खनाल¸ क।अ। श्री टुक बहादुर रानालाई नगद सहित प्रशंसा पत्र प्रदान गरिएको छ ।

त्यसैगरी गाउँपालिकाको वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य सम्पादन गर्नुभएका वडा सचिव श्री पूर्णिमा घिमिरे¸ गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको तर्फबाट उत्कृष्ठ कार्य सम्पादन गर्नुभएका विरबास स्वास्थ्य चौकीको प्रमुख सि।अ।न।मी। श्री इन्दु घर्ती मगर र गाउँपालिकाको कर्मचारीहरुमध्येबाट उत्कृष्ठ कार्य सम्पादन गर्नु भएका स्वास्थ्य शाखा प्रमुख¸ अधिकृत छैठौं श्री नारायणप्रसाद अर्याललाई नगद सहित प्रशंसापत्र प्रदान गरिएको छ ।

SHARE