मुख्यमन्त्री शंकर पोख्रेरलद्धारा रेसुंगाको मुख्यमन्त्री कार्यक्रमको उद्धघाटन

0
11

सुर्य सुनार
फागुन १०,०७७ गुल्मी :लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोख्रेरलले गुल्मीमा एक कार्यक्रमका विच मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको उद्धघाटन गरेका छन् ।

सोमबार गुल्मी आएका मुख्यमन्त्री पोखरेलले जिल्लाको रेसुङ्गा नगरपालिकामा आयोजना गरिएको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत पशु स्वास्थ्य कार्यक्रम, एशिष्टेन्ट प्लप्बीङ्ग तालिमको मुख्यमन्त्री शंकर पोख्रेरलले उद्धघाटन गरेका हुन् ।
रेसुङ्गा नगरपालिकाले प्लम्बीङ्ग तालिम र पशु स्वास्थ्य कार्यक्रमको क्षेत्रमा युवाहरुलाई रोजगारको अवसर दिइएकोमा नगरपालिका प्रति मुख्यमन्त्री पोख्रेरलले खुशी व्यक्त गरे ।
मुख्यमन्त्री ग्रामीण कार्यक्रमको प्रभाव पालिकाहरुमा राम्रो परेको बताए । विपन्न वर्ग सिमान्कृत वर्गमा यो कार्यक्रमको पहुँच हुने गरी कार्यक्रम अघि बढेको उनले उल्लेख गरे ।
गुल्मी जिल्लामा प्रदेश सरकार आएपछि विकासले फड्को मारेको उल्लेख गरे । गुल्मीमा धेरैको घरघरमा पानीको धारा पुगेको उनले दावी गरे । आफूले सिकेका कुरा सीपलाई व्यवहारमा उर्तान सके रोजगारीको लागि भौतारिन नपर्ने उनले बताए ।

रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले मुख्यमन्त्री ग्रामीण कार्यक्रम मुख्यमन्त्रीकै हातबाट उद्धघाटन गर्दा खुशी लागेको बताए ।
तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान सके जिवन यापन गर्न सहयोग हुने भुसालको भनाई थियो । तालिम समापन भएपछि उनीहरुलाई नगरपालिकाबाट आवश्यक औजार प्रदान गरिने नगरप्रमुख भुसालले बताए ।
नगरपालिकाले ६५ दिनका लागि २० जना पशु स्वास्थ्य कार्यक्रम र २० जना एशिष्टेन्ट प्लप्बीङ्ग तालिमको लागि ४० जनालाई नगरपालिकाले रोजगार तथा तालिम प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

SHARE