फालिएका पुराना टायरबाट तटबन्धन

0
427

फागुन ५,२०७७ स्याङ्जा : फालिएका पुराना टायर प्रयोग गरी स्याङ्जामा तटबन्धन गरिएको छ। गल्याङ नगरपालिका–१ उत्तरवाहिनी क्षेत्रमा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले कालीगण्डकी नदीको कटानलाई रोक्न टायर प्रयोग गरी तटबन्ध गरिएको हो।

प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णका अनुसार तारजाली प्रयोग गर्दा करोडौँ रुपैयाँ लगानी हुने ठाउँमा करिब १२ लाख रुपैयाँमा नै टायरबाट तटबन्धन गर्न सकिने बताए। ‘प्राविधिक हिसावले एक करोडको इस्टिमेट निकालिएको थियो,’ उनले भने, ‘तर, पाल्पा, स्याङ्जा र कास्कीबाट एक हजार टायर संकलन गरियो। अब ७—८ सय टायर भएपछि तटबन्धको काम सकिन्छ।’

तटबन्धका लागि ट्रक, ट्रयाक्टर र बसका फालिएका पुराना टायर प्रतिगोटा ५० देखि ४०० रुपैयाँमा खरिद गरिएको कृष्णले बताए।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाको चार लाख ७० हजार र प्रतिष्ठानको चार लाख रुपैयाँ खर्च भैसकेको कार्यालयका प्राविधिक मुकेस बिकले जानकारी दिए।

SHARE