स्वास्थ्य चौकी निर्माणका लागि पाँच रोपनी जग्गा निशुल्क प्रदान

0
420

फागुन ४,२०७७ गुल्मी :गुल्मीमा स्वास्थ्यचौकी निर्माणका लागि पाँच रोपनी जग्गा निशुल्क रुपमा प्रदान भई स्वास्थ्य चौकीको शिलन्यास समेत भएको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ७ रुपाकोटको स्वास्थ्यचौकी निर्माणका लागि स्थानीय मोतिराज भण्डारी र तारानाथ भण्डारीले पाँच रोपनी जग्गा निशुल्क रुपमा प्रदान गरेका हुन् । हाल बेलायतमा बस्दै आएका भण्डारीहरुले जन्मभूमिमा केही सम्झन योग्य काम गरौँ भन्ने उद्येश्यले ७ लाखमा जग्गा खरिद गरि स्वास्थ्य चौकीको नाममा पास गरिदिएको बताए । निशुल्क प्रदान गरिएको सो जग्गामा स्वास्थ्यचौकीको गाउँपालिकाका अध्यक्ष द्धोर्ण खत्रीले शिलन्यास गरे ।
स्वास्थ्य चौकीको शिलन्यास गर्दै अध्यक्ष खत्रीले भण्डारीहरुले समाजमा उदाहरणीय काम गरेको र पुस्तौ पुस्ताहरुले उहाँहरुको स्मरण गरिरहने भन्दै गाउँपालिकाको तर्फबाट आभार प्रकट गरे । गाउँपालिकाले नागरिकहरुको स्वास्थ्यका लागि पहिलो प्रथामिकता दिएको भन्दै उपचारको अभाबमा कसैले ज्यान गुमाउन नपर्ने उनले बताए । गाउँमै अब सुबिधा सम्पन्न स्वास्थ्य चौकी र अस्पतालहरु निर्माण हुँदै गएकाले पनि उपचारमा समस्या नहुने उनले दाबी छ ।
पछिल्लो समयमा निर्माण ब्यबसायीहरुले निर्माणको जिम्मा लिने , मापदण्ड अनुसार काम नगर्ने र तोकिएको समय अबधिमा काम सम्पन्न नगर्ने परिपाटी भएकाले त्यसो नगर्न र समयमै काम सम्पन्न गर्न निर्माण ब्यबसायीलाई आग्रह समेत गरे ।
यता निर्माण ब्यबसायी डि एण्ड डि पुस्पाञ्जली जेभीका प्रमुख सञ्जय पन्थीले तोकिएकै समय अबधि भित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
एक करोण ५७ लाख रुपैयाँको लागतमा निर्माण हुने सो स्वास्थ्यचौकी भबनको डि एण्ड डि पुस्पाञ्जली जेभी र चन्द्रकोट गाउँपालिका बिच यहि माघ १९ गते सम्झौता भएको थियो । निर्माण ब्यबसायीले २०७८ साल माघ १ गते निर्माण सम्पन्न गरी हस्तान्तरण गरि सक्नुपर्ने गरी सम्झौता भएको गाउँपालिकाका सूचना अधिकारी शिब ज्ञवालीले जानकारी दिए ।

SHARE