अनेमसंघले पठायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

0
375

हुमाकान्त पोखरेल,
माघ २६,२०७७ गुल्मीः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै ज्ञापन पत्र पठाएको हो । संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नदिएको भन्दै अनेमसंघले पौष ५ गतेको असंवैधानिक कदमपछि देश अस्थिरता र मुडभेडतिर गइरहेको उल्लेख गरेको छ ।

त्यसका साथै शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने, महिला नेतृमाथि पुरुष प्रहरी लगाएर दमन, ज्यादती तथा अत्याचार गर्ने हर्कतहरु बढेकोले यस्तो कार्य तुरुन्त रोक्न पनि अनेमसंघले आग्रह गरेको छ । यस्तो किसिमको अस्थिरताले महिला हिसांलाई झन बढावा दिने भएकोले पनि प्रतिनिधिसभा पुन सुचारु गरी संविधानलाई संविधानलाई क्रियाशिल बनाउन पनि अनेमसंघ गुल्मीले आग्रह गरेको छ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा अनेमसंघका नेतृहरु बिनिता पोखरेल, हिरा कुँवर लगायतका नेतृहरुको उपस्थिति रहेको थियो ।

SHARE