सदरमुकाममै ५५ लाखको पार्क अलपत्र

0
455

हुमाकान्त पोखरेल
माघ २५,२०७७ गुल्मी : गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बनेको पार्क डेढ बर्षदेखि अलपत्र परेको छ ।
रेसुङ्गा नगरपालिका –८ लाकुरीमञ्चमा बनेको ५५ लाखको पार्क संचालनमा नआउदा अलपत्र परेको हो । नगरपलिका र लुम्बिनी प्रदेश सरकारको ५०÷५० प्रतिशत लगानीमा आ.व. ०७५÷७६ बाट पार्क निर्माण प्रक्रिया सुरु भएको थियो । तर निर्माण सम्पन्न भएको डेढ बर्ष पुगिसक्दा पनि औपचारिक ढङ्गले पार्क संचालनमा आउन सकेको छैन ।
संरचना निर्माण गर्न हतारो गर्ने तर व्यवस्थापनमा कम चासो दिने प्रवित्तिको पछिल्लो उदाहरण तम्घासको थ्रिडी पार्क बनेको छ ।
पार्कको ठाउँमा बर्षैको पहिचानको रुपमा रहेको लाकुरीमञ्च थियो । लाकुरीको रुख ढलाएर पार्क बनाउने बिषयमै थुप्रै मतभेद थिए । मतभेदका बीच पनि पार्क निर्माण प्रक्रिया सुरु गरियो ।
तर पार्क बनेको डेढ बर्षसम्म पनि संचालनमा नआउदा नागरिक चिन्तित बनेका छन् । ‘पहिलेको संरचना भत्काउनै हुनेथिएन् ।’ स्थानीय भरत भण्डारीले भने, ‘भत्काएपछि पनि नयाँ बनाउने संरचना समयमै सम्पन्न गर्नुपर्छ ।’ उनले सदरमुकाममै पार्कको दुर्दशा भए गाउँको स्थिति झन विकराल हुनसक्ने समेत चिन्ता व्यक्त गरे । अर्का स्थानीय सुदर्शन खनालले पनि सम्बन्धित सरोकारपक्षको वेवास्ताका कारण पार्क अलपत्र परेको आरोप लगाए ।
आधुनिक र सुन्दर शहरअन्तरगत पार्क बनाउने कार्य ठिक रहेपनि समयमै संचालनमा नआउनु दुखद् पक्ष रहेको उनको बुझाई छ । ‘आ–आफ्नै स्वार्थकाकारण पार्कलाई अलपत्र परेर राज्यको रकम दुरुपयोग गरिएको छ ।’ उनले भने ।
विभिन्न कारण गर्दा निर्माण भएको डेढ बर्षसम्म पनि निर्माण व्यवसायीले पार्क हस्तान्तरण गरेका छैनन् । जसले गर्दा अहिले संरक्षणको अभावमा पार्क फोहोर फाल्ने ठाउँको रुपमा परिणत भएको छ ।
पार्क संचालनमा नआउदैँ गेट, बक्ति र अन्य महत्वपूर्ण संरचना भाँचिएका छन् । त्यो मात्रै होइनपार्क दिसागर्ने, बच्चाका डायपट फाल्ने ठाउँ फाल्ने ठाउँ भएको छ । जंङफुडका प्याटकेट र बदामकाबोक्राले पार्र्क कुरुपबन्दै गएको छ । लाँकुरी मञ्चको बर्षौदेखिको पहिचाननै गुम्ने तर लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु दुखद पक्ष रहेको नागरिक समाज गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले टिप्पणी गरे ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज श्रेष्ठले कोभिड लगायतका कारणले पार्क हस्तान्तण गर्न नसकिएको बताए ।
पार्क संचालनको बिषयमा मेयर र वडाध्यक्षबिच कुरा बाझिदै आएका छ । पार्कमै पनि राजनीतिक रङ्ग भरिएको छ । अझ अचम्मको कुरा त के छ भने पार्क जिल्लाकै दुई ठुला कार्यालय जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको गेटैमा पार्क छ । तर उनहरुले पनि पार्कको निर्माण र संचालन प्रक्रियामा चासो दिएका छैनन् ।
पार्कका संरचनामा क्षति पुगिरहेको बिषयमा जनप्रतिनिधी र सरकारी उच्च पदस्थ कर्मचारी पनि जानकार छन् । तर लाखौँको संरचना दुरुपयोग भएको बिषयमा ध्यान दिएका छैनन् । यससम्बन्धमा रेसुङ्गा नगरपालिका –८ का वडाध्यक्ष भरत भलामीले अब वडाकै बजेट बिनियोजन गरेर भएपनि पार्क संचालनमा ल्याउने प्रतिवद्धता जायर गरे ।
‘नगरपालिका र अन्य निकायले पनि धेरै ध्यान दिएका छैनन, तर वडाभित्र भएकोले मैले नैतिक रुपमा जिम्मेवारी लिनुप¥यो ।’ वडाध्यक्ष भलामीले भने, ‘अब सकेसम्म छिट्टै पार्कलाई संचालनमा ल्याउछौ ।’

SHARE