गल्मीमा अपराधका घटनाहरु बढे , जिल्लामा शान्ती सूरक्षा दरिलो बनाउन प्रजिअको ध्यान आर्कषण

0
69

तिलाचन पाण्डे
माघ १२,२०७७ गुल्मी : सदरमुकाम तम्घास मै झारफुकका नाममा गत पुस २९ गते तातो फलामले डामेर इश्मा गाउँपालिका ३ दर्लामचौरका ६४ बर्षिय रामबहादुर मुखियाको मृत्यु भयो ।
बर्षौ देखि तम्घासमा यसरी झारफुक गरि निको बनाउने अन्धबिश्वासलाई कायमै राखेर धन्दा चलाउँदै आउँदा पनि प्रहरी र प्रशासन देखेको नदेख्यै गरी आँखा चिम्लेर बस्ने गरेको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए ।
घटनामा संलग्न रामप्रसाद श्रेष्ठ दम्पती प्रहरीको नियन्त्रणमा छन् भने मुख्य योजनाकार रुपन्देहीमा बस्दै आएको स्थानीयहरुले बताएका छन् । पाण्डेले सदरमुकाम तम्घासमै अन्धबिश्वासको नाममा दर्जनौ ब्याक्तिहरुले ब्यबसाय गर्दै आएको ठोकुवा गरे ।
यस्तै पुस २६ गते प्रहरी र प्रशासन कार्यालयको नजिकै महेन्द्र माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्यनरत इश्मा गाउँपालिका वडा नं ३ दर्लामचौरका माधब पछाई सार्वजनिक स्थल चिदीचौरमा साथीहरुकै कुटाइबाट गम्भीर घाइते भए । उनको अहिले पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घटनामा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने केही फरार छन् ।
इश्मा गाउँपालिकाको छिनुवामा गत भदौ २० गते राती २३ बर्षका मोतिबहादुर कुँवरको हत्या भयो । उनको टाउँको र शरीरका बिभिन्न भागहरुमा डर लाग्दा चोटहरु थिए । तर त्यस घटनाका दोषी हालसम्म पनि पत्ता लाग्न नसकेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा लुम्बिनी प्रदेश कमिटिका सदस्य बुद्धि जिशीले दुःख ब्यक्त गरे । जिल्लामा शान्ती सुरक्षा र सु.शासन नभएको भन्दै उनले प्रमुख जिल्ला अधिकारीलाई शान्ती सुरक्षा र सुशासन कायम गर्न आग्रह गरे ।
रुरुक्षेत्र गाउँपालिकाकी एक किशोरीलाई ललाई फकाई भारत तर्फ लैजान खोज्ने गुल्मीदरवार गाउँपालिकाका ३८ बर्षका नारायण पाध्य चुदाली बिरुद्ध मंसिर १० गते जिल्ला अदालतले प्रक्राउ पूर्जि जारी ग¥यो । तर उनलाई हालसम्म पनि प्रहरीले प्रक्राउ गर्न सकेको छैन् । उनी बिरुद्ध मानब बेचबिखनको मुद्धा छ । स्थानीयहरुले आरोपित ब्यक्ति समाजमा खुलेहाम हिड्दा समेत प्रहरीले प्रक्राउ गर्न नसकेको आरोप लगाएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रबिणलाल श्रेष्ठले भने आँफूहरुले खोजतलास गरी रहँदा समेत उनलाई फेला पार्न नसकेको बताएका छन् ।

पुस २२ गते चन्द्रकोट गाउँपालिकाको हर्रार्चौरमा शौभाग्य शाहाले संचालन गरेको बाख्रा फर्ममा अज्ञात समुहले आगो लगाइदिए । आगजनीका कारण करिब ७० लाख बराबरको क्षती भएको अनुमान गरिएको छ । तर सो फर्ममा आगोलगाइदिने ब्यक्ति अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
मालिका गाउँपालिका ७ घमिरमा मुमानन्द लम्सालले लगाएको केराखेती पनि फँडानी भयो । मालिका गाउँपालिका कै वडा नं ७ घमिरको वडा कार्यालय पटक पटक तोडफोड गरी ल्यापटप र नगद चोरी भयो तर अहिले सम्म पनि घटनामा संलग्नको पहिचान भएको छैन ।
रेसुंगा नगरपालिका १४ पराल्मीका ४७ बर्षका तुलबहादुर बिकको जंगलमा घाँस काट्न जाँदा फरुवा बन्दुकको छर्रा लागी मृत्यु भयो । रेसुंगा बन क्षेत्रमा बन्यजन्तु चोरी सिकारी गर्ने ब्यक्तिले हतियार चलाएको हुन सक्ने रेसुंगा बन संरक्षण तथा संरचना निर्माण समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले बताए ।
उनले पटक पटक रेसुंगा बन क्षेत्रमा बन्यजन्तु चोरी सिकारी र बन फडानी हुुने गरेको भन्दै रोक्नका लागि प्रशासनलाई गुहार माग्दा समेत प्रशासनले ध्यान नदिएको आरोप लगाए ।
अनुसन्धान सत्य र तथ्यका आधारमा हुन्छ , सहयोग गर्नुहोस : प्रहरी उपरीक्षक
गुल्मी जिल्लाका प्रहरी उपरीक्षक प्रबिणलाल श्रेष्ठले अनुसन्धान भने जस्तो सजिलो गरी नहुने बताए । अनुसन्धान सत्य र तथ्यका आधारमा हुने भन्दै अनुसन्धानमा सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गरे । उनले कुनै अनुसन्धान तत्काल हुने भन्दै कुनै घटनाको अनुसन्धानका लागि समय लाग्ने समेत बताए ।
संबेदनशील स्थानमा सीसी क्यामरा राख्ने तयारी
गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्धादेबी शर्माले दिनानुदिन अपराधका घटनाहरु बड्नु दुःखद भएको बताइन। उनले अनुसन्धानका लागि सूचनाहरु आवश्यक पर्ने भएकाले सूचना दिई सहयोग गर्न आग्रह गरिन् ।
गुल्मी जिल्लामा हुने गरेका घटनाहरु प्राय मदिरा सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्नका लागि आँफूहरु लागेको दाबी गरिन्। यस्तै जिल्लामा हुने गरेका अपराधहरु नियन्त्रण गर्नका लागि संबेदनशील स्थानहरुमा सीसी क्यामरा जडान गर्न पनि लागेको उनले बताइन् ।
जिल्लामा भएका घटनाहरुलाई अनुसन्धान गर्नका लागि आकस्मिक र रणनीतिक तरिकाहरुबाट जिल्ला सुरक्षा समिति लागेको उनको भनाई छ ।

SHARE