परराष्ट्रमन्त्री ज्ञवालीले लिए गुल्मीबाट राष्ट्रिय परिचय पत्र,,गुल्मीमा एक लाख बढीले विवरण दर्ता गराए

0
327

महेश बोहरा
माघ ११,२०७७ गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचय पत्र लिएका छन् ।

मन्त्री ज्ञवालीले २०७६ साल साउन ३२ गते स्थायी स्टेशनको एक कार्यक्रमकाबिच उद्धाटन गरी बिवरण दर्ता गराएका थिए । शनिवार एक कार्यक्रमका बिच जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले « मन्त्री ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र बितरण गरिन्े ।
यस्तै सोही कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थी, रेसुङ्गा नगरपालिकाका वडा नम्बर १ की बिष्णुमाया पाण्डे र वडा नर ४ का कुलानन्द भण्डारीलाई पमन्त्री ज्ञवालीले राष्ट्रिय परिचय पत्र बितरण गरे ।

सोही कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले यसमा सबैलाई सहभागी गराउन आग्रह गरे । उनले यो परिचय पत्रले नागरिकताको जस्तो काम नगरी अझ बढी काम गर्ने बताए । जैविक र व्यैक्तिक विवरण समावेश हुने हुदा निकै उपयोगी र महत्वपूर्ण रहेको मन्त्री ज्ञवालीको भनाइ छ ।

यस्तै सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जिल्लामा भएको प्रगतीको बारेमा जानकारी गराइन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार जिल्लामा अहिलेसम्म १ लाख ७ हजार ३ सय २३ जनाले परिचय पत्र प्राप्त गर्नको लागी बिवरण दर्ता गराएका छन ।
जिल्लामा गत कार्तिक २३ गते देखि ६१ स्टेशनबाट बिवरण संकल्नको कार्य सञ्चान भैरहेको छ । जिल्लामा गत कार्तिक २३ गते देखि जिल्लाका स्थानीयतमै पुगि विवरण दर्ताको कार्य सुरु गरिएको थियो ।
जसमा जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट विवरण दर्ताको कार्य शुरु भएको थियो । अहिलेसम्म जिल्लाका ९ स्थानिय तहमा बिवरण संकल्न कार्य सम्पन्न भैसकेको छ । गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९ सय ५ जना नागरिकले परिचय पत्रको लागी बिवरण दर्ता गराएका छन ।
यस्तै धुर्कोट गाउँपालिकामा १० हजार ५ सय ८० जना, छत्रकोट गाउँपालिकामा १० हजार ८ सय ४५ जना, मदाने गाउँपालिकामा ९ हजार ७ सय ८० जना, मालिका गाउँपालिकामा १० हजार २ सय ४० जना, रुरुक्षेत्र गाउँपालिकामा ९ हजार ५ सय ९९ जनाले राष्ट्रिय परिचय पत्र प्राप्त गर्नको लागी बिवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै मुसिकोट नगरपालिकामा १४ हजार ६ सय ७८ जना, इस्मा गाउँपालिकामा ९ हजार ३ सय ५८ जना, सत्यवती गाउापालिकामा १० हजार ६ सय ६४ जनाले बिवरण दर्ता गराएका छन । जिल्लाको चन्द्रकोट गाउँपालिकामा बिवरण दर्ता संकल्न कार्य चलिरहेको छ । जहाँ शनिबारसम्म १ हजार १ सय ७७ जनाले बिवरण दर्ता गराएका छन ।
कालीगण्डकी गाउँपालिकामा पनि कार्य सञ्चानल भैरहेको छ । यस्तै रेसुङ्गा नगरपालिकामा सञ्चालन हुन बाँकी छ । भने जिल्ला प्रशासन कार्यालय गुल्मीबाट अहिलेसम्म ८ हजार ४ सय ९७ जनाको बिवरण संकल्नको कार्य भएको प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

परिचयपत्रमा नागरिकका व्यैक्तिक विवरण र जैविक विवरण लिईन्छ । व्यैक्तिक विवरण अन्तर्गत नामथर, ठेगाना, जन्ममिति, बुवाआमा, हजुरजबुवा, हजुरआमा, पतिपत्नी तथा जैविक विवरणमा दश औंलाको छाप, आँखाको नानीको फोटो र डिजिटल हस्ताक्षर लिइन्छ ।
हाललाई नागरिकता प्राप्त व्यक्तिले मात्रै आवेदन दिन सक्छन् । परिचयपत्रको आधार नागरिकता प्रमाणपत्र भएकोले सक्कल नागरिकता अनिवार्य चाहिन्छ ।

SHARE