विश्वमा सबैभन्दा बढी प्रदूषण हुने सहरमध्ये काठमाडौं एक नम्बरमा

0
402

पुस २१ २०७७
काठमाडौं : विश्वका ५० सहरमध्ये सबैभन्दा बढी प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै परेको छ।

मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ। आइक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई० ३७२ पुगेको छ।

दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा पाकिस्तानको कराँची, , सातौंमा बंगलादेशको ढाका आठौँमा भारतको मुम्बई छ। प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन्।

हिजो विश्वकै एक नम्बरमा पुगेको काठमाडौंको वायु प्रदूषणमा केही सुधार आएको थियो। तर अहिले एक नम्बरमा छ। विश्वका प्रमुख सहरहरुको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी पनि काठमाडौंको वायु प्रदूषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो।

आइक्यु एयरले वायु प्रदुषणको स्तर केही कम देखाए पनि काठमाडौंको आकाश ढाकेको आँखा पोल्ने तुवाँलो पूर्णरुपमा हटिसकेको छैन। अहिले पनि काठमाडौंको आकाश तुवाँलोले ढाकेको छ, घाम लागेको छैन।

वायु प्रदूषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरुले आग्रह गरेका छन्। वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको सुझाव छ, थाहाबाट

SHARE