प्रचण्ड(नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे

0
439

पुस ९,२०७७ काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन्।
प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको आज बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो। पाण्डेलाई केहीबेरमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ।

महासचिवका लागि पाण्डेसहित भीम रावल र जनार्दन शर्मा पनि आकांक्षी देखिएका थिए। तीमध्ये पाण्डेलाई महासचिव बनाउने सहमति जुटेको हो।
पाण्डे तत्कालीन एमालेको महाधिवेशनमा महासचिवमा पराजित भएका थिए।

SHARE