मनोज कार्की
पुस ९,२०७७ गुल्मी :गुल्मीको मालिका गाउँपालिका वडा नं ७ घमिरको देबिस्थान माबि अज्ञात समूहले तोडफोड गरेको छ । गएराती अज्ञात समूहद्धारा निर्माणधिन बिद्यालयको भवन तोडफोड गरिएको बिद्यालय प्रशासनले जनाएको छ । तोडफोड हुदाँ निर्माणधिन बिद्यालयका झ्याल र भौतिक संरचनामा पुर्णरुपले क्षती भएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाई शिक्षाको बार्षिक कार्यक्रम अन्तरर्गत निर्माणधिन ४ कोठे बिद्यालय भवनको दुईवटा कोठा, ४ वटा भm्याल र भौतिक संरचना तोडफोड गरिएको देबिस्थान माध्यमिक बिद्यालयका प्रधानध्यापक खिम बहादुर बुढाथोकिले जानाकारी दिए ।
गत असारदेखि सुरु गरिएको निर्माणधिन भवनको हाल सम्म ३५ प्रतिशत काम सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाई शिक्षा इकाई प्रमुख पिताम्बर पन्थीले जानाकारी दिए ।
घटना स्थलमा मर्भुङ्ग प्रहरी चौकि पुगि यस बिषयमा आबश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानाकारी दिए । यस अघिका घटनाहरुका दोषि समयमा पत्ता नलाग्दा चोरीका घटनाहरु पछिल्लो समय गुल्मीमा श्रृङखलाबद्धरुपमा भईरहेको स्थानिय बताएका छन् ।