गुल्मीमा राजनीतिक भागबण्डाको आधारमा मिल्यो सामी परियोजनाको बिबाद

0
361

पुस ३,२०७७ गुल्मी :गुल्मीमा सुरक्षित आप्रावासन परियोजनामा(सामी) लामो समयदेखि रहेको बिबाद राजनीतिक भागबण्डामा मिलेको छ ।
रेसुंगा नगरपालिकाले एकलौटी रुपमा कर्मचारी भर्ती केन्द्र बनाएको भन्दै नेपाली काँग्रेसले अबरोध गर्दै आएको थियो । गत साउन ११ गते आइतबार बिहान ११ बजेका लागि तोकीएको परीक्षामा काँग्रेसले नगरपालिकाको गेटमै धर्ना दिए पछि परीक्षा नै स्थगित गरिएको थियो ।
बिहीबार नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच राजनीतिक भागबण्डा गरेपछि बिबाद मिलेको र कार्यक्रम अगाडी बढ्ने भएको रेसुंगा नगरपालिकाले जनाएको छ । रेसंगा र मुसिकोट नगरपालिका , इश्मा र छत्रकोट गाउँपालिकामा संचालनमा आउने परियोजनामा कम्युनिष्टहरुले राजनीति गरेको र एकलौटी रुपमा भर्तीकेन्द्र बनाएको काँग्रेसले आरोप लगाएको थियो । यी सबै नेकपाले जितेका स्थानीय तह हुन् ।
बिहीबार काँग्रेसले जितेको गाउँपालिका कालीगण्डकी र गुल्मीदरबारमा पनि कार्यक्रम संचालन गर्नेगरी भागबण्डा भएपछि बिबाद समाधान भएको हो ।
बिबाद समाधान गर्नका लागि सामी परियोजनाका केन्द्रिय निर्देशक समितिका सदस्य भिमप्रसाद ढुंगना गुल्मी आई बिबाद समाधानका लागि सहजीकरण गरेका हुन् ।
आबेदन दिने समय अबधि थप
नेपाली काँग्रेस गुल्मीले अपारदर्शी तवरले सूचना लुकाएर काम गरेको आरोप लगाउँदै आएको र पुन बिज्ञापन गर्नुपर्ने माग राखेको थियो । सोही अनुसार एक हप्ता आबेदन दिने समय अबधि पनि थप गरिएको रेसुंगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिए ।

SHARE