प्रधानमन्त्रीको आह्‍वानमा भोलि सर्वदलीय बैठक

0
267

मंसिर २२,२०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा भोलि बिहान सर्वदलीय बैठक बस्‍ने भएको छ। राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।

प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोलि ९मंगलबार० बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो। बैठकको मिति र समय तय भएको छ थापाले भने, समसामयिक राजनीतिक विषयमा बैठकमा कुरा हुनेछ।

SHARE