कांग्रेसले २९ गते देशव्यापी आन्दोलन गर्ने

0
372
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारविरुद्ध २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।

ञसरकारको अधिनायकवादविरुद्ध कांग्रेस आन्दोलनमा उत्रिन लागेको होझ, उनले भने।

कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो। बुधबार पुल उद्घाटन गर्न तनहुँ पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेस आक्रोशित बनेको हो।

SHARE