गुल्मीका स्थानीय तहहरुको बार्षिक समिक्षा सम्पन्न

0
582

मंसिर १६,२०७७ गुल्मी : गुल्मी जिल्लाका १२ बटै स्थानीय तहहरुको बार्षिक प्रगति समिक्षा कार्यक्रम घरपरिवार पहिचान तथा परिचय पत्र वितरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा स्थानीय तहको गत आ.ब २०७६र७७ को बार्षिक प्रगति समिक्षा र घरपरिवार पहिचान तथा परिचय पत्र वितरण सम्बन्धि स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुसङ्ग अन्तरक्रिया कार्यक्रम ऐतिहासिक पर्यटकीय क्षेत्र रेसुङ्गा स्थित होटल पौवामा सम्पन्न भएको हो ।
गुल्मी क्षेत्र नम्बर २ का साँसद तथा पूर्व मन्त्री गोर्कणराज बिष्टको प्रमुख आथित्यतामा प्रदेश सांसद दिनेश पन्थी र कमलराज श्रेष्ठको बिशिष्ट आथित्यता रहेको थियो । कार्यक्रममा गुल्मी जिल्लाका १२ बटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा १२ बटै स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरुले आफ्नो गाउँपालिका र नगरपालिकाको बार्षिक प्रगति समिक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज बिष्टले जिल्लाका स्थानीय तहहरुले आफुले गरेका कुरा मात्र राम्रो भन्दै पक्षपोषण गर्नुभन्दा एक अर्काको राम्रो कुरालाई सिको गर्न अग्रह गरे ।
सांसद बिष्टले अगामि बर्ष बजेट विनियोजन गर्दा चालु आयोजनाहरुलाई सम्पन्न गर्न सके परिणम देखिने तर सुरु भएका पुरा नगरी नयाँ आयोजना तिर लाग्दा परिणम नदेखिने भएकाले अबको बजेट विनियोजन गर्दा चालु योजनाहरुलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
कोरोनाको कारण बारम्बार स्थगित भएको बार्षिक प्रगति समिक्षा कार्यक्रम मंगलबार आयोजना गरेको जिल्ला समन्वय अधिकारी बिजय कुमार कार्किले बताए ।
पुर्बमन्त्री तथा गुल्मी क्षेत्र न २ का संघीय संसद मा.गोकर्ण बिष्टको प्रमुख आतिथ्यता,लुम्बिनी प्रदेश विशेषाधिकार समिति सभापति सांसद कमलराज श्रेष्ठ, प्रदेश सांसद .दिनेश पन्थी,प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा,१२ स्थानीय तहका प्रमुख,उपप्रमुखहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमा जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षता रहेका थियो । कार्यक्रमकोे संचालन जिल्ला समन्वय अधिकारी बिजय कुमार कार्कीले गरेका थिए ।

SHARE