नेकपा सचिवालयको बैठक सम्पन्न बुधबार पुनः १ बजे बस्ने

0
267
फाइल तस्बिर

मंसिर १६,२०७७ काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को मंगलबार बसेको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको छुट्टाछुट्टै प्रस्तावमा केन्द्रित भएर छलफल शुरुभएको प्रवक्ता श्रेष्ठले बर्ताए । बोल्नेक्रम जारी रहेकाले बुधबार पुनः १ बजे बालुवाटारमा बस्नेगरी आजको बैठक सम्पन्न भएको हो ।

अध्यक्ष प्रचण्डले कात्तिक २८ गते प्रस्ताव पेश गर्नुभएको थियो भने त्यसको जवाफसहितको प्रस्ताव अध्यक्ष ओलीले मंसिर १३ गते पेश गरेका थिए ।
आजको बैठकमा दुई अध्यक्षले आफ्नो धारणा राख्नुभएपछि सचिवालयका केही सदस्यहरुले पनि धारणा राख्नुभएको प्रवक्ता श्रेष्ठले बताए।
मंसिर १८ गते स्थायी कमिटी बैठक बोलाइएकाले भोली नै सचिवालय बैठक राखिएको प्रवक्ता श्रेष्ठले बताए। पार्टीको समस्या पहिचान गरी निदान गर्नेगरी छलफल शुरुभएकाले निस्कर्षमा पुगिने उनले विश्वास व्यक्त गरे ।

SHARE