
मंसिर १५,२०७७ गुल्मी : नेपाल सरकाका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा अब उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अबस्थाको अन्त्य भएको बताएका छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिकामा १५ शैयाको अस्पताल शिलन्यास गर्दै मन्त्री ज्ञवालीले उपचार नपाएर ज्याान गुमाउनुपर्ने अबस्थाको अन्त्य भएको बताए ।
नागरिकहरुको स्वास्थ्य प्रति सरकार गम्भीर रहेको भन्दै देशका ३९६ वटा अस्पतालहरुको एकै साथ शिलन्यास गर्नुले पनि जनताको स्वास्थ्य प्रति सरकार गम्भीर रहेको प्रमाणित गरेको उनले दाबी छ ।
बर्तमान सरकारले जनमुखी कामहरु गर्दै आएको उहाँले दाबी गर्दै दुर्गम स्थानका नागरिकले उपचार नपाएर अकालमै ज्यान गयो भन्ने समाचारहरु सुन्न नपर्ने गरी सरकारले काम गरि रहेको बताए ।
देशका ३९६ वटा अस्पतालहरुको लागि झण्डै ५७ अर्ब बजेट सरकारले ब्यबस्थापन गरेको उनले बताए ।
यस्तै पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको बिबाद छलफल र बैठककाका माध्यमबाट समाधान हुने भन्दै नआत्तिन स्थानीय नेता कार्याकर्ताहरुलाईे आग्रह गरे ।











