
मंसिर १३,२०७७
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ।
जारी मतगणानामा महासंघको खुल्लातर्फ कार्यकारीणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गी विजयी भएका छन्। मकवानपुर उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्दै निर्वाचनमा प्रतिस्पर्धा गरेका उनले खुल्लातर्फबाट कार्यकारिणी सदस्य पदमा जित निकालेका हुन्। सुमार्गी रेडियो थाहा संचारका संचालक पनि हुन्।
उता आजै भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जिल्ला नगरतर्फको केन्द्रीय सदस्यको मतगणना पनि सकिएको छ।

जिल्ला नगरतर्फको निर्वाचनमा किशोरकुमार प्रधान प्यानलका ११ जना विजयी भएका छन्। उता चन्द्र ढकालका प्यानलका ७ जनाले जित पक्का गरेका छन्। जम्मा १८ वटा पदमा भएको जिल्ला नगरतर्फको निर्वाचनमा प्रधान प्यानलको वर्चस्व देखिएको छ।






