वडाध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी

0
490

मंसिर ११,२०७७ बागलुङ : कागजात मिलाएर दोहोरो नागरिकता लिएको आरोपमा एक युवा पक्राउ परेको केही दिनमै कागजातमा साँची बस्नेदेखि हस्ताक्षर गर्नेसम्मलाई प्रहरीले पक्राउ गर्न थालेको छ।

बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुव बहादुर केसीसहित पाँच जनाविरुद्ध किर्ते नागरिकता सिफारिस दिएको आरोपमा जिल्ला अदालत बागलुङले पक्राउ पुर्जी जारी गरेको हो।

बिहीबार पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले तत्कालीन वडा–४ का वडासचिव प्रेमबहादुर खड्कासहित दुई जनालाई पक्राउ गरिसकेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० लोकेन्द्र श्रेष्ठका अनुसार पक्राउ पुर्जीपछि तत्कालीन वडासचित हाल बागलुङ नगरपालिका–१४ मा कार्यरत वडासचिव प्रेमबहादुर खड्का र दोहोरो नागरिकता लिन साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य पक्राउ परेका छन्।

वडाध्यध्यक्ष, किर्ते नागरिकता लिने युवकका पिता बनेका गुरुदत्त आचार्य र स्थानीय सदा शिवा प्राविका तत्कालीन निमित्त प्रधानाध्यापक महेन्द्र सापकोटालाई पक्राउ गर्न प्रहरी परिचालन गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

SHARE