शान्ति माध्यामिक विद्यालयमा भूकम्प मापनयन्त्र जडान

0
341

मंसिर १०,२०७७ बाग्लुङ : विद्यार्थीका लागि भूकम्प सम्बन्धी व्यवहारिक ज्ञान दिन भूकम्प मापनयन्त्र जडान गरेको छ। बाग्लुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेकोे शान्ति माध्यामिक विद्यालय परिसरमा भूकम्प मापनयन्त्र जडान गरेको हो।

जैमिनी नगरपालिकाको चालू आर्थिक वर्षको कार्यक्रम अनुसार एक लाख ५० हजारको लागतमा सो यन्त्र जडान गरिएको जैमिनी नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाका संयोजक खेमप्रसाद आचार्यले जानकारी दिए। ‘व्यवहारिक शिक्षाको खाँचो छ, भूकम्पको विषयमा हाम्रा विद्यार्थी जानकार हुन आवश्यक छ,’ आचार्यले भने,‘भूकम्प सम्बन्धी शिक्षा, जनचेतना तथा सचेतना दिनको लागि यन्त्र उपयोगी हुने छ।’

विद्यालयमा जडान भएको यन्त्रले २ दशमलव ५ रेक्टर स्केलमाथिको भूकम्पको मापन गर्न सक्ने उनले जानकारी दिए।

SHARE