विप्लवका जिल्ला इन्चार्जसँगै ६ जना पक्राउ

0
220

मंसिर ८,२०७७ लमजुङ : प्रहरीले नेत्र विक्रम चन्द्र ९विप्लव० समूहका लमजुङ इन्चार्जसहित ६ जनालाई विष्फोटक पदार्थसहित पक्राउ गरेको छ।

प्रहरीले लमजुङको दोर्दी गाउँपालिका–८ खिन्चोक पाँचस्वाराबाट रोल्पाको गंगादेव गाउँपालिका–२ घर भएका विप्लव समूहका लमजुङ जिल्ला ईन्चार्ज ४२ वर्षीय जंगबहादुर भण्डारी ९आक्रोश०, लमजुङको दोर्दी गाउँपालिका–७ घर भएका जिल्ला सेक्रेटरी ४६ वर्षीय बिलबहादुर गुरुङ ९गौरव० सहित ६ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने अन्यमा लमजुङ मध्यनेपाल नगरपालिका–४ का लमजुङ जिल्ला कमिटी सदस्य ६२ वर्षीय नारायणबहादुर कुँवर, राईनास नगरपालिका–६ का लमजुङ जिल्ला कमिटी सदस्य ३४ वर्षीय रवीन्द्र नखोला, कार्यकर्ताहरु दोर्दी गाउँपालिका–७ का २२ वर्षीय दुर्गालाल तामाङ र मध्यनेपाल नगरपालिका–१० का २६ वर्षीय सुजन थापा छन्।

SHARE