नेकपा सचिवालय बैठक १० दिनपछि फेरि बस्ने गरी सकियो

0
308
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजेदेखि सुरु भएको बैठक दिउँसो ३ बजेसम्म चलेको थियो।

१० दिनपछि फेरि बस्ने गरी आजको बैठक सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। आजको बैठकमा पार्टीमा देखिएको बिवाद समाधानका लागि प्रस्ताव बनाएर छलफल गर्ने सहमति भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

केन्द्रीय कमिटीको बैठक २५ र १८ गते स्थायी कमिटीको बैठक राख्ने निर्णय गरेको पार्टी प्रवक्ता श्रेष्ठले बताए। आजको बैठकमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ९ सचिवालयका ९ जना नै सहभागी रहेको जनाइएको छ। अब १३ गते बैठक बस्नेछ।

SHARE