बागलुङमा ९२ हजार नगदसहित ८ जना जुवाडे प्रकाउ

0
398

मंसिर २,२०७७

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ पालाबाट नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ।

सुराकीको आधारमा राती १ बजे पाला पुगेको प्रहरीले स्थानीय जगतबहादुर कार्कीको घरमा चलेको जुवाखालबाट ९१ हजार ९ सय रुपैयाँ नगदसहित जुवाको खालमा रहेका आठ जना पुरुषलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा साही ठाउँका नविन शर्मा, ज्ञानेन्द्र बहादुर कार्की, जगत बहादुर कार्की, सागर शर्मा, बम बहादुर कार्की, रमेश कार्की, रमेश बहादुर कार्की र होमराज कार्की रहेका छन्। उनीहरूले सम्पत्ति नै हारजीत हुनेगरी ठूलो परिणाममा जुवा खेलेको प्रहरीको आरोप छ।

SHARE