तास खेल्दै गरेका ८ जना करिब दुई लाखसहित पक्राउ

0
261

कात्तिक २९,२०७७ लमजुङ : लमजुङ प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा करिब दुई लाख रुपैयासहित आठ जनालाई पक्राउ गरेको छ। जिल्लाको मध्यनेपाल नगरपालिका(६ भोर्लेटारबाट एकलाख ८७ हजार २५ रुपैयाँसहित आठ जनालाई पक्राउ गरेको हो।

स्थानीय दिलिपकुमार गुरुङको घरमा जुवा खेलीरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमूख एवं प्रहरी निरिक्षक बोधराज रेग्मीको कमाण्डमा खटिएको प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मध्यनेपाल–६ का उदय दुरा, हरी रेग्मी, दुर्गाबहादुर थापा, भीमबहादुर धिंगल गुरुङ, होमबहादुर गुरुङ, शिवलाल श्रेष्ठ, शमशेर कुमार गुरुङ र घरधनी दिलिप कुमार गुरुङ रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट नगदसहित चार बुक खुल्ला तासबरामद गरेको जनाएको छ। पक्राउ परेका आठैजनालाई प्रहरी हिरासतमा राखी मुलुकी अपराध संहिता २०७४ बमोजिम सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिका विरुद्धको कसुर अन्तर्गत रहेको जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने कसुरअन्तर्गत अनुसन्धान कार्य भईरहेको प्रहरीले लमजुङका प्रहरी प्रमूख एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए।

SHARE