रासायनिक मल कारखाना नेपालमै खोलिने

0
261
Cabinet Meeting_2076-12-16

कात्तिक २७,२०७७ काठमाडौं । सरकारले नेपालमै रासायनिक मल खोल्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै रासायनिक मल उद्योग खोल्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा गरेका हुन्।

कृषकहरुले रासायनिक मलको चरम अभाव झेलिरहेका बेला वर्षौँदेखि कारखाना खोल्ने प्रयासलाई सरकारले मूर्तरुप दिने तयारी गरेको हो।

सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा रासायनिक मल खोल्न प्रधानमन्त्रीले प्रस्ताव गरेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीको प्रस्ताव अनुसार रासायनिक मल उद्योग खोल्न अर्थमन्त्री विष्णु प्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल सदस्य रहेको कार्यदल बनाएको छ।

यसैगरी अभाव भइरहेका बेला मन्त्री भुसालको प्रस्तावमा तत्कालै जीटुजी विधिमार्फत रासायनिक मल ल्याएर हिउँदे बालीका लागि कृषकहरुलाई यथाशिघ्र उपलब्ध गराउने पनि निर्णय लिएको छ।

SHARE