देबि भगवती मन्दिर बृहत्तर बिकास समिती गठन , मनकारिहरुको सहयोगमा नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य बनाइने

0
512

भुबन भुसाल
कार्तिक २६ गुल्मीः छत्रकोट ३ भालुपानी गुल्मीमा अवस्थित देबि भगवती मन्दिरमा स्थानिय एवं सरोकारवालाको बैठक सम्पन्न भएको छ । भेलाले कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा ९ सदसिय देबि भगवती मन्दिर बृहत्तर बिकास समिती गठन गरेको छ । जस्को उपाध्यक्षमा बिष्णु प्रसाद पन्त , सचिब भुवन भुसाल र कोसाध्यक्ष लक्ष्मी अर्यललाइ चयन गरेको छ । सदस्यहरु शिबलाल अर्याल, चुरामनी तिमिल्सिना, डिल्लिराज पन्थ, राम बहादुर झाक्री र शालिकराम भुसाल रहनु भएको छ ।
त्यस्तै भेलाले वडा सदस्य बाबुराम अर्याल संयोजक रहने गरि ७ सदशिय सल्लाहाकार समिती समेत गठन गरेको छ । जस्को सदस्यमा धातानन्द भुसाल, पिताम्बर अर्याल, पोमलाल कंडेल , बिष्णु प्रसाद कंडेल , बाबुराम अर्याल र पशुपती पन्थलाइ छनोट गरेको छ ।
मन्दिरको बृहत्तर बिकासका लागि चलाइएको अभियानले गर्ने काम , भाबी योजना र कार्यान्वयनका लागि आगामी सनिबार बिहान ८ बजे सबै सरोकारवालाको भेला बस्ने र थप निर्णय गरिने मन्दिर ब्यवस्थापन समिती अध्यक्ष शालिकराम भुसालले जानकारी दिनुभयो ।
केही दिन अगाडी देखि सामाजिक संजाल मार्फत चलाइएको अभियानलाइ सार्थकता प्रदान गर्न समिती निर्माण गरिएको हो , आजकै भेलाले देश तथा बिदेशमा बस्ने नेपाली र सरकारी एवम गैरसरकारी सस्थाको सहयोगमा मन्दिर क्षेत्रलाइ देशकै नमुना पर्यटकिय गन्तव्य बनाउने निर्णय समेत गरेको छ । हाल यो क्षेत्रमा स्थानिय समाजसेबी पोमलाल र गिता कंडेलको निजि लगानीमा गणेश एवम हनुमानको मन्दिर निर्माण भैरहेको छ भने निकट भबिस्यमै लुम्छा बजार नजिक भब्य गेट , मन्दिर परिसरमा बालबृद्ध उधान, पुरानो पोखरिलाइ आकर्षक , सुन्दर बगैँचा , पदयात्रा मार्ग बनाउने अभियान सुरु भएको छ ।

SHARE