ओलीको सहमति बिना नै औपचारिक बैठक राख्दै प्रचण्ड

0
293
फाइल तस्बिर

कात्तिक २५,२०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउने सहमति नदिएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक बैठक बोलाउने तयारी गरेको छन्। पार्टीको मुख्यालय धुमबाराहीमा अध्यक्ष दाहालले औपचारिक बैठक राख्ने तयारी गरेका हुन्।

मंगलबार बेलुकी ४ बजेका लागि अध्यक्ष दाहालले बैठक राख्ने तयारी गरेको उनी निकट स्रोतले बतायो। ‘अनौपचारिक बैठक यसअघि नै बसिसक्यो। प्रधानमन्त्री ओलीलाई बैठकको सहमतिको लागि लिखित पत्र दिँदा समेत अटेर गर्नुभयो’ स्रोतले भन्यो, ‘आज सम्भवत औपचारिक बैठक नै बस्छ।’

अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार प्रधानमन्त्री ओलीलाई बैठक राख्ने सहमति दिनका लागि माग गरेका थिए।

SHARE