विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

0
366

कात्तिक २४,२०७७ काठमाडौं : हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक भएका छन्।

तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिए सँगै रिक्त स्थानमा शाक्यलाई जिम्मेवारी दिइएको हो। शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ’ बाट प्राधिकरणमा फिर्ता बोलाएर यो जिम्मेवारी दिइएको छ। शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइरालाबाट यो जिम्मेवारी खोसिएको छ।

ऊर्जा मन्त्रालय सम्बद्ध अधिकारीहरूका अनुसार मन्त्री पुनले शाक्यलाई कार्यकारी निर्देशक बनाउने गरी प्राधिकरणमा फर्काएका हुन्। भदौ २८ गते घिसिङ बाहिरिएसँगै प्राधिकरण नेतृत्व विहीन भएको हो।

SHARE