कोरोना महामारीले रोकिएका देशमा हवाई उडान थाल्ने सिसिएमसीको निर्णय

0
257

कात्तिक २३,२०७७ काठमाडौं : कोरोना महामारीका कारण लकडाउन भएपछि बन्द गरिएका दक्षिण एसियासहित अन्य गन्तव्यहरुमा नियमित हवाई उडान सुरु गरिने भएको छ।

आइतबार सिंहदरबारमा बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० निर्देशक समितिको बैठकले अहिलेका नियमित उडानका साथै दक्षिण एसियासहित गन्तव्यमा नियमित हवाई उडान सुरु गर्न पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव गर्ने निर्णय गरेको हो।

बैठकले स्थानीय तहमा होम आइसोलेशनमा बसेका नागरिकलाई स्वास्थ्य परामर्श दिन स्थानीय तहका वडाबाट स्वास्थ्यकर्मीले स्वास्थ्य परामर्श गर्ने व्यवस्था मिलाउन संघीय मामिला मन्त्रालयबाट अनुरोध गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले बताए।

बैठकले विदेशी कुटनीतिका कर्मचारीहरु नेपाल आउने अनुमति भएकामा परिवारसमेत आउन पाउन पाउने गरि छुट दिन मन्त्रिपरिषद्मा प्रस्ताव गरिने गुरागाईंले बताए।

विदेशमा रहेका नेपालीको शव व्यवस्थापनका लागि नेपाल ल्याउन श्रम मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय भएको उनले बताए।

गुरागाईंका अनुसार हालसम्म एक लाख ३६ हजार २१६ नेपालीको उद्दार भइसकेको छ। कुटनीतिक नियोगबाट उद्दार सकिएको जानकारी आएकाले अब छुटेका नेपालीको नियमित हवाई उडानमै समायोजन गरेर उद्धार गर्ने निर्णय सिसिएमसीले लिएको छ। त्यसैगरी अब थप उद्धार उडान नगर्ने निर्णय गरिएको गुरागाईंले बताए।

समितिको बैठकले हाल अन्तराष्ट्रिय सतह मार्गका १३ स्थानबाट नेपाल प्रवेश गर्ने व्यवस्था मिलाएकोमा बैतडीको झुलाघाटबाट पनि प्रवेश दिने निर्णय गरेको छ।

पर्यटन गतिविधि केही खुल्ला गर्न केबलकार, जंगल सफारी लगायतका क्षेत्रलाई खुल्ला गर्न दिने निर्णय पनि बैठकबाट भएको छ। कोरोना संक्रमणको अवस्थाबारे पनि समीक्षा भएको थियो।

SHARE