तिहार लगत्तै त्रिविका परीक्षा

0
348

कात्तिक २२,२०७७ काठमाडौं : त्रिभुवन विश्वविद्यालय त्रिविले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ ।
कोरोना भाइरस कोभिड–१९ का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।
त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा। पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

SHARE