
तिलाचन पाण्डे
कात्तिक १९,२०७७ गुल्मी : गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोडने जोडने मोटरेबल पुल जीर्ण बन्दै जाँदा पनि सरोकारवाला कसैले चासो देखाएका छैनन् ।
गण्डकी प्रदेशको स्याङजा र लुम्बिनी प्रदेशको गुल्मी जोडने रेप्कामा रहेको मोटरेबल पुल २०५२ सालमा कालीगण्डकी जलबिधुत परियोजना ए निर्माणको क्रममा गुल्मीको हर्मिचौर र स्याङजाको मिर्मीलाई जोडने गरी कालीगण्डकी नदिको रेप्कामा इटालीयन सरकारले निर्माण गरिदिएका पुल बषौदेखि जीर्ण बन्दै गएको छ ।
कालीगण्डकी नदिले पुलको पिलरहरुमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो । बुटवल र , पोखरादेखी गुल्मीको पुर्तिघाट र बाग्लुङ सम्म जाने सवारी साधनहरुले सो पुलको प्रयोग गर्दै आएका छन् । सो पुल मर्मतका लागि सामान्य कामहरु गर्दै आएपनि पुल जीर्ण नै रहेको छ । दिनानुदिन पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवाला कसैले वास्था नगरेको सवारी धनीहरु र स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।
जुन सुकै समयमा पनि पुल भत्किन सक्ने भन्र्दै हजारौ जनताको जीउ धनको बारेमा कसैले पनि चासो नदेखाएको स्थानीय युवाहरुले गुनासो पोखे । बर्षौ देखि जीर्ण रुपमा रहेको पुलको बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसकेको र आवश्यक पर्ने ठाउँमा नहेरी अनावश्यक ठाउँहरुमा र नेताहरुको पहुँचको आधारमा बिकास गर्ने र खोला नै नभएका ठाँउहरुमा पुल निर्माण गर्ने अबस्थाको अन्त्य हुनुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् ।
दूई जिल्ला र दुई प्रदेश जोडने मोटरेवल पुल जीर्ण बन्दै गएकोमा स्थानीय सरकारको ध्यान गएको कालीगण्डकी गाउँपालिका गुल्मीका प्रमुख बेदबहादुर थापाले बताए । दूई बर्ष पहिले देखिनै आफूले सो पुलका लागि पहल गर्दै आएको दाबी गर्दै नयाँ पक्की पुल निर्माणका लागि आफू लागि परेको दाबी गरे ।






