स्थानीय तहमा रिक्त पदाधिकारीको नाम तीन दिनभित्रउपलब्ध गराउन सरकारको निर्देशन

0
265

कात्तिक १८,२०७७ काठमाडौं : सरकारले सबै स्थानीय तहलाई रिक्त रहेको जनप्रतिनिधीको संख्या उपलब्ध गराउन निर्देशन दिएको छ। निर्वाचन आयोगले आयोगले सरकारसँग माग गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नाम उपलब्ध गराउन सबै जिल्ला समन्वय समितिलाई पत्राचार गरेको हो। मन्त्रालयले तीन दिनभित्र रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको छ।

मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले सूचनामा जारी गरेर रिक्त स्थान र पदको नाम पठाउन निर्देशन सबै जिससलाई निर्देशन दिइएको जानकारी दिएकी छन्।

निर्वाचन आयोगले रिक्त पदको विवरण मागेपछि यसअघि भदौ २३ गते पत्र लेख्दै मन्त्रालयले विविध कारणले रिक्त पदाधिकारीको विवरण माग गरेको थियो।

मन्त्रालयले रिक्त रहेको पद, रिक्त भएको मिति र रिक्त हुनाका कारण उल्लेख गरेर विवरण पठाउन भनेको अधिकृत कर्णद्वारा जारी सूचनामा उल्लेख छ।

SHARE