आज २५ सय आठ संक्रमित थप

0
223

कात्तिक १५,२०७७
काठमाडौं : आज २५ सय आठजना कोरोना भाइरस ९कोभिड(१९० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेट अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ७६ जना महिला र १५ सय ३२ जना पुरुष संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार यही अवधिमा २२ सय ६४ जना संक्रमित निको भएका छन्। होम आइसोलेसन, संस्थागत आइसोलेसन र अस्पतालमा उपचाररत संक्रमित निको भएका हुन्।

पछिल्लो अपडेट अनुसार आज ९ हजार २ सय ७९ पिसिआर परीक्षण भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ। शनिबारसम्म निको भएर १ लाख ३१ हजार २ सय २२ जना घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर १७ जनाले ज्यान गुमाएका छन्। देशभर आजसम्म २२।६ प्रतिशत अर्थात् ३८ हजार ३ सय ५७ सक्रिय संक्रमित रहेका छन्।

SHARE