Wednesday, June 3, 2026

मौरीपालकको गुनासो : ‘दोषी पहिचान भएन, क्षतिपूर्ति पाएनौँ’

0

रीता लामा
घोराही, १० मङ्सिर (रासस): गत कात्तिक ६ गते घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा अज्ञात व्यक्तिले विष हालिदिँदा ४४ घार मौरी एकै पटक नष्ट भयो । ठूलो लगानी र मेहनत गरेर पालेको मौरीमा एकैपटक विषादी परेर नष्ट हँुदा किसान चिन्तित भए ।

दोषीलाई कारवाही र उचित क्षतिपूर्तिको मागसँगै पीडित किसान विकास नेपाल र सूर्यबहादुर सिञ्जालीले जिल्ला प्रहरी कार्यालय, घोराही उपमहानगरपालिका र ५ नं प्रदेश कार्यालयमा समेत निवेदन दिनुभयो । तर घटना घटेको एक महीना पुगिसक्दा र मौरीको चरन याम जानै लाग्दा पनि कुनै निकायबाट पहल नभएको भन्दै उहाँहरूले चिन्ता व्यक्त गर्नुभएको छ ।

बिएण्ड बिपी मौरी फार्मका नेपालले आफूहरूलाई प्रहरीले पनि दोषीको खोजीकार्यको लागि कुनै पहल नगरिदिएको हँुदा समस्यामा परेको बताउनुयो । उहाँले अब मौरीको चरन याम(मौसम) सकिन लागेको र फेरि मौरीको घार चितवन लगेर फर्कनुपर्ने समय आइसक्दा पनि कुनै पक्षबाट न्यायको लागि पहल नहुँदा अन्यायमा परेको महसुस भएको बताउनुभयो । चितवनका नेपाल मौरी चरनका लागि घार लिएर घोराही आउनुभएको थियो ।

“दोषी पत्ता लगाई कारवाहीको माग गर्दैै प्रहरीमा निवेदन दिएँ तर अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन”, उहाँले भन्नुभयो । रातको समयमा कसले र किन मौरीमा विषादी हाल्यो भन्ने कुरा अझै प्रहरीबाट पत्ता लाग्न नसकेको अर्का पीडित सिञ्जालीले बताउनुभयो ।

विषादीबाट नेपालको ४० र सिञ्जालीको चार घार मौरी नष्ट हुँदा करिब रु १६ लाख क्षति भएको बताइएको छ । लामो समयदेखि मौरी पालिरहेका नेपालले आफ्नो ठूलो क्षति भएको हुँदा उचित क्षतिपूर्ति नपाए यो पेशाबाटै पलायन हुने अवस्था आउनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।

“नेपाल सरकारको मातहतमा रहेर फार्म सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “मौरी व्यवसाय सञ्चालन गरेबापतको कर पनि सरकारलाई तिरिरहेका छौँ तर न्याय पाउनसकेका छैनौँ ।” जिल्ला प्रहरी कार्यालय दाङका राजन गौतमले घटनाको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले घारमा विषादी हालिएको हो वा होइन भनेर प्राविधिक जाँचको लागि कृषि अनुसन्धान केन्द्र खुमलटार काठमाडाँैमा पठाइएकोले थप विवरण आएपछि मात्र कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो । घटनाका सम्बन्धमा फरक÷फरक प्रतिक्रिया आएको हँुदा पनि प्रहरीलाई अनुसन्धानमा समस्या भएको उहाँको भनाइ छ ।

घोराही उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख भरत पोखरेलले मौरीमा विषादी हालिएको घटनामा क्षतिपूर्तिको व्यवस्था नभए पनि अवस्था हेरेर उपमहानगरले निर्णय गरेर दिनसक्ने जानकारी दिनुभयो ।

“क्षतिपूर्ति दिनैपर्ने बाध्यात्मक व्यवस्था छैन”, उहाँले भन्नुभयो, “स्थलगत अनुगमन गरेर राहतस्वरुप केही रकम दिनसकिन्छ ।” उहाँले पीडितले निवेदन मात्रै दिने भन्दा पनि पटक÷पटक क्षतिपूर्तिको लागि पहल गर्न सुझाव दिनुभयो ।

पाँच नं प्रदेशकी भूमि व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेलले स्थलगत अनुगमन गरी दोषीलाई कडा कारवाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिर्ने आश्वासन दिनुभएको थियो ।

आम्दानीको स्रोत तरकारी खेती

0

मङ्सिर (रासस) ः पहाडको खेतबारी । फोहोटा र कान्लाकान्ली मात्र धेरै । तिनै फोहोटा र कान्लाकान्लीलाई सम्याएर बनाइएको गरामा दिनरात परिश्रम गरेर उत्पादन गरिएको तरकारी बिक्री गरी मासिक रु ६० हजार आम्दानी गर्नु सामान्य कुरा होइन । परिश्रम गर्ने हो र सीप हुने हो भने एउटै गराबाट पनि पर्याप्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने कुराको उदाहरण म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका हरिलाल घिमिरे बन्नुभएको छ ।

पछिल्लो समय ४८ वर्षीय घिमिरेको जीवन तरकारी खेतीका कारण फेरिएको छ । तीस वर्षअघि गरीबीका कारण गाउँमा बस्न सक्ने अवस्था थिएन । विदेश जानका लागि रु ६० हजार ऋण नपाउनुभएका घिमिरेले अहिले तरकारी खेतीबाटै मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । दश वर्षसम्म साउदी अरबको चर्को गर्मीमा पसिना बगाइ मेहनत गर्दा पनि मासिक रु २० हजार कमाइ गर्न नसकेपछि गाउँ फर्किएका घिमिरेले २०५६ सालदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले एउटै गरामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरियाँ, बोडी, बन्दागोभीलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।

“वार्षिक रु ६ लाखभन्दा बढी आम्दानी हुन्छ,” घिमिरेले भन्नुभयो । गत वर्ष आफूले फलाएको १० टन बन्दागोभी सदरमुकाम बेनीमा बिक्री हुन नसकेपछि पोखरा, काठमाडौँ, चितवन र बुटवलसम्म पु¥याएर सस्तोमा बिक्री गर्नुपरेको उहाँले गुनासो गर्नुभयो । “बिक्री गर्न बजारको समस्या छ,” उहाँले भन्नुभयो । घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम सङ्कलन, छोराछोरीको पढाइ र घरघडेरीसमेत जोड्नुभएको छ ।

बालकलाई सहयोग
छ महीनादेखि आँखाको रक्तअर्बुदबाट पीडित धौलागिरि गाउँपालिका– ८ लम्सुङका आठ वर्षीय नजिन विकको उपचारका लागि जापानबाट रु ६२ हजार १२३ सहयोग प्राप्त भएको छ ।

आर्थिक अवस्था कमजोर भएको र आँखाको शल्यक्रियामा ठूलो खर्च लाग्ने भनी पीडितका बुबा प्रेमबहादुरले सहयोगका लागि देशविदेशमा रहेका नेपालीमा आग्रह गरेपछि सिन्धुपाल्चोकका सामाजिक अभियानकर्मी बबिता योञ्जनले ‘नजिन बचाऔँ अभियान’ सञ्चालन गर्नुभएको थियो ।

म्याग्दीकै आशिष परियार झिल्केले पीडित नजिनको अवस्थाका बारेमा बाग्लुङ नगरपालिका– ५ मालिका बान्दै घर भई हाल जापानमा व्यवसाय गर्दै आउनुभएका गुरुप्रसाद सापकोटालाई भनेपछि मालिका समाज जापानका अध्यक्षसमेत रहनुभएका सापकोटाको सक्रियतामा अभियान फेसबुक गु्रप सञ्चालन भएको थियो ।

सोही गु्रपमार्फत जापानमा कार्यरत नेपालीबाट रकम सङ्कलन गरी पठाएको रकम पीडितका बुबा प्रेमबहादुरलाई हस्तान्तरण गरिएको आशिष परियार झिल्केले जानकारी दिनुभयो । पीडित नजिनको नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार भइरहेको छ भने पहिलो चरणको शल्यक्रिया सफल भएको जनाइएको छ ।

तेक्वान्दोको दुवै सङ्घ विघटनको तयारी

0

काठमाडौँ, १० मङ्सिर (रासस) ः लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दोको दुई सङ्घलाई विघटनको तयारी शुरु गरेको छ ।

परिषद्ले अस्तित्वमा रहेका नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो सङ्घ (नेपाल)को विघटन प्रक्रिया अगाडि बढाएको हो । खेलाडी छनोटदेखि अन्तर्राष्ट्रिय सहभागितासम्म दुई सङ्घबीच विवाद आएपछि सङ्घलाई कात्तिक २७ गते परिषद्ले विवाद सल्टाउन सातदिने पत्र काटेको थियो । पत्रमा राखेपले समान हैसियत र अस्तित्वमा रहेका दुवै सङ्घलाई मिलेर जान अल्टिमेटम दिएको उल्लेख छ । राखेपले दुवै सङ्घलाई लेखेको पत्रमा दुवै सङ्घ मिल्न नसकेको अवस्थामा माघमा आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकूदको जिल्ला, प्रदेश र केन्द्रीय छनोट प्रभावित हुने उल्लेख छ ।

आठौँ राष्ट्रिय खेलकूद आगामी माघ २२ गतेदेखि आयोजना हुने तय भएको छ । राखेपको ११०औँ बोर्ड बैठकले दुई तेक्वान्दो सङ्घलाई आपसी छलफल गरी विवाद समाधान गराउन निर्णय भएको र सो निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको थियो । अहिले विश्व तेक्वान्दो महासङ्घले सम्बन्धन दिएको प्रकाश शम्शेर राणा नेतृत्वको नेपाल तेक्वान्दो सङ्घ र शिव कोइराला नेतृत्वको नेपाल तेक्वान्दो युनियन अस्तित्वमा छन् । दुवै सङ्घ अहिलेसम्म सकारात्मक नदेखिँदा तेक्वान्दोको विवाद सधैँका लागि समाप्त पार्न विघटन नै गर्नुपर्ने अवस्था आएको परिषद् स्रोतले जनाएको छ ।

परिषद्का सदस्य सचिव केशवकुमार विष्टले दुवै सङ्घका पदाधिकारीलाई आपसी छलफलबाट समस्या समाधान गर्न आग्रह गर्दै भन्नुभयो, “उहाँहरूबीच जुँगाको लडाइँ चलिरहँदा परिषद् चुप लागेर बस्दैन । हामी कठोर निर्णय लिन बाध्य हुन्छौँ । अझै पनि दुई सङ्घका पदाधिकारीबीच छलफल होस् भन्ने चाहन्छौँ ।” सहमतीका लागि दुई महीना समय दिन सकिने उहाँको भनाइ थियो । “त्यसपछि पनि उहाँहरूले केही निकास दिनुभएन भने हामी दुवै सङ्घ विघटन गछौँ, परिषद्लाई विघटनको अधिकार छ,” राखेप सदस्य सचिव विष्टले भन्नुभयो ।

कोइराला अध्यक्ष रहेको सङ्घले विवाद सल्टाउन पाँच सदस्यीय वार्ता टोली गठन गर्दा राणा पक्षले भने परिषद्को पत्रका सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन । नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिश्वर पोखरेलले राजनीतिक भ्रातृसंस्थासँग एकता नहुने बताउनुभयो । “विसं २०३८ देखि खेल र खेलाडीको विकासमा लागेको हामीलाई राजनीतिकरुपमा अर्को संस्था जन्माइ विवादमा ल्याउन खोजियो, विघटन गरे अदालत जान्छौँ”, उहाँले भन्नुभयो । राखेपको पत्रपछि दुई चरणमा युनियनसँग वार्ता गरे पनि समाधान ननिस्केको उहाँको भनाइ छ ।

नेपाल तेक्वान्दो युनियनका अध्यक्ष कोइरालाले दुई सङ्घ हुुनु कुनै नौलो कुरा नभएको बताउनुहुन्छ । सङ्घको एकाधिकार तोड्न आफूहरूले युनियनलाई अस्तित्वमा ल्याएको उहाँ बताउनुहुन्छ । “राखेपले पत्र पठाएको छ, राखेपकै पत्रको सम्मान गर्दै हामीले मेरै नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेका छौँ, राखेपको निर्देशन स्वीकार्नु विकल्प छैन”, उहाँले भन्नुभयो । एशियाली खेलकूद प्रतियोगितामा ऐतिहासिक पहिलो रजत, दक्षिण एशियाली खेलकूदमा सर्वाधिक स्वर्ण जित्ने तथा छनोट चरण पार गरी ओलम्पिक खेलमा सहभागिता जनाउने खेल तेक्वान्दो हो । पछिल्लो समय दुई समानान्तर सङ्घ रहँदा यो विवादित बनिरहेको छ ।

हटेन लैङ्गिक विभेद

0

काठमाडौँ, १० मङ्सिर (रासस) ः बर्दियाकी प्रतिनिधिसभा सदस्य विमला विक पुरुषले जस्तै मोटरसाइकल चलाउनुहुन्छ । छोटो कपाल काट्नुहुन्छ । पाइन्ट र सर्ट लगाउनुहुन्छ । उहाँ पुरुष नेता जस्तै भाषण गर्दा धक नमानी खुलेरै आफ्ना कुरा राख्न सक्नुहुन्छ । गाउँका मान्छे उहाँका अभिभावकलाई ‘तपाईकी छोरी छोराजस्तै छिन्’ भन्छन् । विक भने आफूलाई छोराजस्तो होइन छोरीजस्तै भनेको सुन्न चाहनुहुन्छ । उहाँ भन्नुहुन्छ, “छोरीले यस्तो लगाउनुपर्छ, खानुपर्छ र यही गर्नुपर्छ भन्ने सामाजिक धारणामा परिवर्तनको खाँचो छ ।”

विकले महिला त्यसमा पनि दलित हुँदा जीवनमा धेरै विभेद भोग्नुभयो । विद्यालयमा पढ्दा सधैँ पहिलो हुनुहुने उहाँले विद्यालय हातामा रहेको सरस्वतीको मन्दिरमा पूजा गर्न पाउनुभएन । माओवादी आन्दोलन हुँदै जिल्लाको राजनीतिमा सक्रिय हुँदा विकले अनेक आरोप सहनुपरेको थियो । अहिले पनि बेलाबखत त्यस्ता आरोपबाट मुक्त हुनुभएको छैन । मोटरसाइकल चढेर कहिले एउटा ठाउँ त एकै छिनपछि अर्काे ठाउँ पुगेको देख्दा पुरुष राजनीतिज्ञ छक्क पर्छन् । धेरैले छोटो समयमा धेरै ठाउँमा पुग्नुलाई चरित्रसँगसमेत जोडेर केहीले हेर्ने गरेका छन् । उहाँ भन्नुहुन्छ, “समाजले अहिले पनि महिलालाई सक्रिय भएर विभिन्न ठाउँमा पुगेकोभन्दा शान्त भएर एकै ठाउँमा बसेको देख्न मन पराउँछ ।”

देशको कानून बनाउने ठाउँ प्रतिनिधिसभामा पुग्दासमेत उहाँले म ‘सांसद मात्रै होइन महिला’ हो भन्ने महसुस गरिरहनुपरेको छ । प्रत्यक्षमा उठ्न खोज्दाखोज्दै महिला त्यसमा पनि दलित भएकाले समानुपातिकमा चित्त बुझाउनुप¥यो । ठूला भनिने नेताले समानुपातिकमा हामी जान पाउँदैनौँ तिमीहरु पाउँछौँ भन्ने गरेका थिए । विक जस्तै समानुपातिक सांसदले समेत आफूलाई ठूलो ठान्ने उहाँ बताउनुहुन्छ ।

विक भन्नुुहन्छ, “ मञ्चमा बस्दा होस् वा बोल्दा वा आसनग्रहणका क्रममा पुरुष सांसदले महिलाभन्दा आफैँ ठूलो हुँ भन्ने सोच्छन् ।”

ग्रामीण भेगका अशिक्षित महिला मात्रै होइन सामाजिकरुपमा अगाडि रहेका महिलाले समेत विभेद भोग्नु परिरहेको छ । ग्रामीण क्षेत्रका महिलाले घरभित्रै घरेलु हिंसा भोगिरहेका छन् । शिक्षित र सामाजिकरुपमा चिनिएका महिलाले आफ्नो कार्यस्थलमा सहकर्मीबाट असमान व्यवहार भोगिरहेका छन् ।

अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि लडिरहँदा देबु पराजुली आफैँले समेत पटकपटक असमान व्यवहार भोग्नुपरेको छ । महिला त्यसमा पनि अपाङ्गता भएको महिला भएकाले उहाँले शिक्षादेखि रोजगारीसम्मका लागि धेरै समस्या भोग्नुप¥यो । अपाङ्गता भएकी महिला किन पढ्नुप¥यो र भन्नेदेखि पढेर पनि के नै गर्न सक्ने हो र भन्ने कुरा उहाँले बाल्यकालदेखि सुन्दै आए पनि हरेस खानु भएन । पराजुृली भन्नुहुन्छ, “कतै लिखितमा राम्रो अङ्क ल्याउँदा पनि अन्तरवार्तामा अपाङ्गता देख्दा बेवास्ता गर्ने त कतिले काम नै नगरी तलब दिन्छु भन्नेसम्म देखेँ ।”

अहिले सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । उहाँका धेरै फेसबुके साथीले फेसबुक र ट्युटरमा बोल्ने र फोटो र स्टाटसमा प्रतिक्रिया गर्छन् । फेसबुकमा मात्रै चिनेका भरमा उनीहरु भेट्न मरिहत्ते गर्छन् तर एकपटक भेटेपछि उनीहरु बोल्न छाड्ने गरेको गुनासो गर्दै पराजुली बताउनुहुन्छ, “अपाङ्गता देखेर पनि बोलिरहने साथी थोरै मात्रै हुन्छन् ।”

नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्यसमेत रहनुभएकी नायिका करिश्मा मानन्धरलाई गत वर्ष सम्पन्न निर्वाचनमा श्रीमान् विनोद मानन्धरले मतदाता नामावलीमा नाम नलेखेको विषय उठाउँदा धेरैले टिप्पणी गरेका थिए । धेरैले उहाँलाई घरको कुरा बाहिर ल्याएको भनेका थिए । १४ वर्षको उमेरमै चलचित्र क्षेत्रमा छिर्नु भएकी उहाँमा पहिले राजनीतिमा चासो थिएन । अहिले पार्टीको कामले जिल्लाजिल्ला पुग्दा महिला अझै धेरै अन्योलमा रहेको नायिका करिश्माको अनुभव छ ।

उहाँ भन्नुहुन्छ, “पार्टी प्रवेश भनेर टीका लगाउँदासमेत उनीहरुलाई म के गरिरहेको छु र किन गरिरहेको छु भन्ने जानकारी छैन ।” ग्रामीण क्षेत्र र शहरी क्षेत्र दुवैमा फरक प्रकृतिको भए पनि विभेद कायम छ । ग्रामीण क्षेत्रमा मात्रै हिंसाका घटना हुन्छन् भन्ने आम धारणा गलत भएको अधिकारकर्मी बताउँछन् ।

शहरी क्षेत्रका शिक्षित महिलासमेत पटकपटक असमान व्यवहार भोग्न बाध्य छन् । आफ्नो क्षेत्रमा सक्रिय हुँदा पनि महिलाले के गर्न सक्छ र भन्ने गरेको उनीहरुको अनुभव छ । महिला त्यसमा पनि दलित, मधेशी, अपाङ्गता भएका महिलाले सामाजिक र आर्थिकरुपमा सक्षम हुँदासमेत समाजले उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको सम्बद्ध व्यक्तिको गुनासो छ । धेरैले महिला भएकै कारण अवसर पाएका छैनन् । अवसर पाएकाले समेत महिलाले केही गर्न सक्दैन भन्ने धारणाका कारण अघि बढ्न नसकेको उनीहरूको भनाइ छ ।

स्याङ्जाका चार गन्तव्य पर्यटकीय सूचीमा समावेश

0

तोलाकान्त बगाले
वालिङ, १० मङसिर (रासस) ः
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको एकसय पर्यटकीय गन्तव्यमा स्याङ्जाका चार गन्तव्य पर्यटकीय सूचीमा परेका छन् । पर्यटकीय गन्तब्यमध्ये दुई वटालाई नयाँ गन्तब्य र दुईलाई प्रबद्र्धनात्मक गन्तब्यको सूचिमा समावेश गरेको हो ।

स्याङ्जाका सतौं चण्डीथान र आलमदेवी नयाँ गन्तव्य एवम् सिरुबारी र स्वरेक मैदानलाई प्रवद्र्धनात्मकतर्फ समावेश गरिएको छ ।

नेपाल सरकारको एकसय वटा नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत भएको स्याङ्जाको सतौं चण्डीथान पनि एक हो । पुतलीबजार नगरपालिकामा पर्ने सतौं चण्डीथान ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको एक सम्पदा स्थल हो ।

यो ठाउँ बाइसे चौबीसे राज्यका पालामा पश्चिमका चौबीसे राज्यहरुमध्येकै सबैभन्दा शक्तिशाली राज्यका रुपमा रहेको थियो । पृथ्वीनारायण शाहका सेनापति केयरसिंह बस्नेत मारिएको स्थल यही थियो । पृथ्वीनारायण शाहकै पालाका मन्त्री वंशीराज पाण्डे यसै स्थलमा नजरबन्दमा परेका थिए । यस स्थलमा अहिले दरबारको भग्नावशेष मात्रै बाँकी रहेको छ । यहाँ करीब छ सय वर्ष पुरानो कोतघर अहिले पनि देख्न सकिन्छ ।

सतौंकोटे राजाको इष्टदेवीका रुपमा पुजिने यस ठाउँमा चण्डी र कालिका गरी दुई वटा मन्दिरहरु रहेका छन् जुन मन्दिर झण्डै छ सय वर्ष पुरानो रहेको मानिन्छ । यहाँ देशका विभिन्न भाग तथा छिमेकी देश भारतबाट पनि श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।

त्यसैगरी, यस क्षेत्रलाई पर्यटकीय दृष्टिले पनि विकास गर्न खोजिएको छ । मन्दिरको नजीकै खर्सुको लेक रहेको छ जहाँ ऋषिहरुले तपस्या गरेका र अहिले पनि त्यहाँ तपस्या गरेका बेलाका भग्नावशेषहरु देख्न सकिन्छ ।

पुतलीबजार नगरपालिकाको वडा नं ४ गुढीखोलामा रहेको चम्पागिरी सन्न्यास आश्रमदेखि गुढीखोलाको किनार हुँदै आँधीखोला तरेर पाणिनी आश्रम, चण्डीकालिका मन्दिर हुँदै खर्सुको लेकसम्म पैदल मार्गका रुपमा विकास गर्ने योजना रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनुभयो । खर्सुको लेकबाट बिहान मनमोहक सूर्योदय अवलोकन गर्न पाइने र यस स्थललाई घरबास (होमस्टे) को रुपमा पनि विकास गर्न सकिने सम्भावना रहेको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ नं वडामा पर्ने शाह वंशको कुल देवताको रुपमा रहेको आलमदेवी मन्दिर स्याङ्जाको अर्को ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको स्थल हो । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी जलविद्युत् परियोजनाको बाँधस्थलबाट झण्डै १५ किलोमिटरको दूरी पार गरेपछि यस ठाउँमा पुग्न सकिन्छ ।

वेगमाता वेगेश्वरी कुल देवी अलप हुनुभएको र पवित्रताका लागि अलप भएको ठाउँदेखि करीब एक हजार मिटरभित्रबाट सुरुङ हुँदै कालीगंगाको जल र शालिग्रामको पवित्रता प्राप्त गरी पुनः सोही मार्गबाट भीमसेन पातीको फेदमा आएर बस्नुभएको किंवदन्ति रहेको बताउनुहुन्छ वालिङ नगर प्रमुख एवम् आलमदेवी मन्दिरका इतिहासविद् दिलीपप्रताप खाँण ।

“भीमसेन पातीको रुखबाट अलप भएकाले सोही दिनदेखि वेगमाता वेगेश्वरीलाई सजिलो रुपमा अलप देवी भन्दा भन्दै अपभ्रंस भई आलमदेवी बन्न पुगेको हो,” इतिहासविद् खाँणले भन्नुभयो – “अत्यन्त सक्रिय देवीका रुपमा चिनिएकी आलमदेवी वैद्धिक विधिअनुसार अष्टमात्रिकाको रुपमा जागरण गराइएकाले सबै मानवलाई आफ्नै सन्तान सरह माया र आशिर्वाद दिने र अष्ट सिद्धिमध्येका ‘प्राकाम्य’ अनुष्ठान भएकाले दर्शनार्थीहरुलाई निरोगी, भाकल एवम् इच्छाइएको बरदान माग्दा पुग्ने र आयु समेत लम्बाइन सकिने बरदान माग्दा पुग्ने विश्वास रहेको छ ।”

आलमदेवीका नाममा रहेका गुठी जग्गाहरुको अभिलेख नभएकाले हाल लथालिङ्ग अवस्थामा रहेका गुठी जग्गाहरुको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको छ ।

“कालीगण्डकी जलाशयसम्म देश तथा विदेशबाट हजारौं पर्यटकहरु अवलोकनका लागि आउने गरेका छन्,” जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “जलाशयसम्म पुगेका पर्यटकलाई आलमदेवी पु¥याउने र पाल्पाको रानीमहलसम्म आएका पर्यटकलाई आलमदेवीमा ल्याई पु¥याउने गरी तयारी गर्दैछौं जसले गर्दा पर्यटकको बसाइ स्याङ्जामा लम्बिन सक्छ ।”

त्यसैगरी, प्रवद्र्धनात्मक गन्तब्यतर्फ दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास सिरुबारी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थल हो । स्याङ्जाको आँधीखोला गाउँपालिकाको १ नं वडामा रहेको सिरुबारी गाउँ देशमा मात्रै नभएर विदेशमा समेत प्रख्यात छ ।

सिरुबारीमा पुग्न सिद्धार्थ राजमार्गको नाउँडाँडा, सेतीखोला, बाडखोला र हेलु गरी चार ठाउँको बाटो हुँदै जान सकिन्छ । यस ठाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गरिने स्वागत तथा व्यवस्थापन पक्ष अन्य होमस्टेको तुलनामा राम्रो रहेको सिरुबारी पर्यटन तथा व्यवस्थापन विकास समितिका सदस्य संयोजक जुमबहादुर गुरुङले बताउनुभयो ।

गत आर्थिक वर्षमा मात्रै सिरुबारीमा दुई हजार ३०० भन्दा बढी नेपाली र ५०० भन्दा बढी विदेशी पर्यटकहरु आएको अभिलेख रहेको संयोजक गुरुङले बताउनुभयो ।

“सिरुबारी दक्षिण एशियाकै पहिलो सामुदायिक होमस्टे भएकै कारणले पनि कतिपय पाहुनाहरु यहाँको व्यवस्थापन पक्ष बुझ्न आउनुहुन्छ,” संयोजक गुरुङले भन्नुभयो – “कतिपय पर्यटकहरु यहाँको स्वागत तथा स्थानीय खानाका परिकारहरुमा रमाउन आउने गर्नुहुन्छ ।”

त्यस्तै, अर्को प्रवद्र्धन गर्नुपर्ने गन्तव्यमा स्वरेक मैदान रहेको छ । स्याङ्जाको भीरकोट नगरपालिकाको ५ नं वडामा रहेको स्वरेक मैदान पर्यटकीय र धार्मिक आस्थाको केन्द्रको रुपमा विकास भैरहेको छ । यस ठाउँमा भर्खरै मात्रै प्रथम नेपाल एक्युरेसी प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न भैसकेको छ भने यसअघि सोही स्थानमा प्याराग्लाइडिङको छनौट प्रतियोगिता पनि भएको थियो ।

भीरकोट–५ स्वरेक मैदानबाट प्याराग्लाइडिङ उडेर (टेकअप) वालिङ नगरपालिकाको ११ नं वडाको डौंवाफाँटस्थित आँधीखोलाको किनारमा अवतरण गरिन्छ । सिद्धार्थ राजमार्गअन्तर्गत भीरकोट नगरपालिका–१ बयरघारीबाट ९ किलोमिटर र वालिङ नगरपालिकाको वालिङ बजारदेखि १०÷११ किलोमिटरको कच्ची सडक हुँदै यस स्थलमा पुग्न सकिन्छ । स्वरेकमा दक्षिण एशियाकै पहिलो प्याराग्लाइडिङ स्कूल स्थापना भएको छ । यहाँ स्वदेशी तथा विदेशी खेलाडीहरुलाई प्याराग्लाइडिङसम्बन्धी प्रशिक्षण प्रदान गर्ने गरिएको बाबु एडभेञ्चर स्कूलका सानोबाबु सुनुवारले बताउनुभयो ।

पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने

0

जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यले पाँच हजार बिरुवा रोप्ने अभियान शुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था एवं व्यक्तिले वृक्षरोपण गर्न सक्नेछन् ।

सिभिल बैंकको आठौँ वार्षिकोत्सवका अवसरमा आज कोषसँगको सहकार्यमा वनकाली क्षेत्रमा ३०० बिरुवा रोपियो । कपुर, पीपल, तेजपत्ता, कल्की, रुद्राक्षलगायत बिरुवा रोपिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

कोषले यो अभियानअन्तर्गत यसअघि नै २०० बिरुवा रोपिएको जनाएको छ । एक वर्षमा पाँच हजार वृक्षरोपण सम्पन्न गर्ने कोषको लक्ष्य छ ।

कार्यक्रममा कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक एवं रमणीय बनाउन पाँच हजार वृक्षरोपण अभियान शुरु गरिएको बताउनुभयो । पशुपति क्षेत्रमा आउने धार्मिक पर्यटक घुमाई अवधि लम्ब्याउन यहाँको वातावरणमा सुधार गर्न लागिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बंैकका अध्यक्ष एवं पूर्वसांसद इच्छाराज तामाङले सामाजिक उत्तरदायित्वको कामअन्तर्गत पशुपति क्षेत्रमा बिरुवा रोपिएको बताउनुभयो । पशुपति क्षेत्रका वनकाली, भण्डारखाल, कैलाशडाँडा, मृगस्थली, किरातेश्वरलगायतका खाली स्थानमा बिरुवा रोपिने जनाइएको छ ।

द्रुत मार्ग प्रभावितको माग सम्बोधन गर्न आग्रह

0

काठमाडौँ, १० मङ्सिर (रासस) ः काठमाडौँ तराई मधेश द्रुतमार्गको निर्माण प्रक्रिया अगाडि बढिरहेका बेला सांसदहरुले खोकना र बुङमतीवासीको जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

सङ्घीय संसद् मातहतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले सांस्कृतिक सम्पदाको संरक्षण र विकास निर्माणको काम तथा कारवाहीलाई समन्यायिक तवरले अगाडि बढाउनुपर्ने र स्थानीयवासीको मागको उचित निरुपण गर्नुपर्ने आवश्यकता औँल्याए ।

आयोजना प्रभावित क्षेत्रका रुपमा रहेको खोकना र बुङमतीवासीले परम्परागत बस्तीको संरक्षण, उचित मुआब्जाको माग र आयोजनामा अपनत्व खोजेको भन्दै सरकारले उनीहरुको माग सम्बोधन गरेर जानुपर्ने बताए । समितिको बैठकमा सांसद दिलेन्द्रप्रसाद बडूले न्यापूर्ण मुआब्जा पाउनुपर्छ भन्ने स्थानीयवासीको माग जायज रहेको बताउनुभयो । उहाँले स्थानीयवासीको माग सम्बोधन गर्न राजनीतिक तहबाटै निर्णय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसद राजेन्द्र श्रेष्ठले नेवार समुदायको पुरानो बस्ती र आदिकालीन सभ्यतासँग जोडिएको क्षेत्रको मागको सुनुवाइ गर्न सरकारको स्पष्ट दृष्टिकोण जरुरी रहेको बताउनुभयो । लिच्छवीकालदेखिको बस्ती, सभ्यता, संस्कृति, कला र परम्परा रहेको खोकना तथा बुङमतीलाई जोगाएर पनि द्रुतमार्ग निर्माण गर्न सकिने उहाँको धारणा रहेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि बनिरहेको सन्दर्भमा सरकार उदार भइदिन सांसदहरुको आग्रह छ ।

यस्तै सांसद पम्फा भुसालले विकासले विनाश निम्त्याउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासी आज के होला भोलि के होला भन्ने दोधारमा छन्, उनीहरुको माग सम्बोधन हुनु जरुरी छ, फसिडोलमा जिरो प्वाइन्ट राख्न दिने विषयमा सहमति जुटेकाले त्यसलाई कार्यान्वयन गरौँ ।”

सांसद कृष्णगोपाल श्रेष्ठले विकासको कारण आदिकालदेखिको सम्भता सङ्कटमा नपरोस् भन्ने चासो जायज रहेको बताउनुभयो । ठूला आयोजनामा मुआब्जा वितरण गर्ने शैलीमा सुधारको आवश्यकता औँल्याउँदै सांसद वृजेशकुमार गुप्ताले नागरिकले अपनत्व गर्न नसक्ने विकासले समृद्धि ल्याउन नसक्ने बताउनुभयो ।
ललितपुरका स्थानीयवासीसमेत रहनुभएका सांसद नवराज सिलवालले द्रुत मार्गको जिरो प्वाइन्ट डुकुछाप र देवीचौरलाई बनाउन सुझाव दिनुभयो । सांसद मीना पाण्डे, प्रेम सुवाल र छक्कबहादुर लामाले स्थानीयवासीको माग सम्बोधन गर्दै उनीहरुलाई खुशी बनाएर द्रुर्त मार्गको काम अगाडि बढाउनुपर्ने बताउनुभयो ।

समितिका सभापति शशी श्रेष्ठले स्थानीयवासीको माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्रीसँग छलफल गरिने जानकारी दिनुभयो । समितिले केही दिनपहिले सो क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेको थियो । सोही निरीक्षणका आधारमा आज खोकना र बुङमतीवासीका अलावा, स्थानीय तहका जनप्रतिनिधि र सरोकार भएका व्यक्ति तथा समुदायलाई बोलाएर छलफल गरेको हो ।

सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत : प्रम ओली

0

काठमाडौँ, ११ मङ्सिर (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताउनुभएको छ ।

पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताउनुभएको छ ।

सन्देशमा उहाँले मङ्गलबारदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्नुभएको छ । “श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ,” प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ ।

उहाँले सबै देशवासीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामनासमेत सन्देशमार्फत व्यक्त गर्नुभएको छ । मङ्गलबार पहिलो पटक सरकारले सामाजिक सुरक्षा दिवस मनाउँदैछ । प्रधानमन्त्री ओलीले मङ्गलबार सामाजिक सुरक्षा योजना शुभारम्भ गर्नुहुनेछ ।

यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिङ्गो नेपाल र नेपालीका लागि सामाजिक सुरक्षा योजना आम श्रमजीवी नागरिकका लागि गौरवको विषय भएको उल्लेख गर्दै नयाँ युगको शुरुवात हो भन्नुभएको छ । उहाँले योजनाको सफल कार्यान्वयनका लागि रोजगारदाता, श्रमिकलगायत सरोकारवाललाई सहयोगका लागि अपिल गर्नुभएको छ ।

जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष कैद

0

गाईघाट, ५ मङ्सिर (रासस) ः उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ । जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो ।

सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरी करणी गरेको अभियोगमा आठ वर्ष जेल सजाय तोक्नाका साथै पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्ति भराउने फैैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिनुभयो ।

असार १९ गते तामाङले बालिकासँग जबर्जस्ती बालविवाह गरी करणी गरेका थिए । असार २२ गते पीडित बालिकाको पक्षबाट इलाका प्रहरी कार्यालय कटारीमा तामाङविरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी बालविवाह र जबर्जस्ती करणी सम्बन्धी मुद्दा चलाएको थियो ।

गाईघाट, ५ मङ्सिर (रासस) ः उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ । जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो ।

सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरी करणी गरेको अभियोगमा आठ वर्ष जेल सजाय तोक्नाका साथै पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्ति भराउने फैैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिनुभयो ।

असार १९ गते तामाङले बालिकासँग जबर्जस्ती बालविवाह गरी करणी गरेका थिए । असार २२ गते पीडित बालिकाको पक्षबाट इलाका प्रहरी कार्यालय कटारीमा तामाङविरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी बालविवाह र जबर्जस्ती करणी सम्बन्धी मुद्दा चलाएको थियो ।

चार महीनामा नौ बलात्कारका मुद्दा दर्ता

0

साँखु, ५ मङ्सिर (रासस) ःकाठमाडौँ महानगरीय प्रहरी वृत्त बौद्धमा चार महीनायता नौ बलात्कारका मुद्दा दर्ता भएका छन् । महानगरीय प्रहरी वृत्त बौद्धले चालु आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि कात्तिकसम्ममा बौद्ध क्षेत्रमा ती घटना भएका हुन् ।

चार महीनामा प्रहरीले १५ जना विरुद्ध बलात्कार गरेको अभियोगमा मुद्दा चलाएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उजुरी दिनेमा आठ वर्षीया बालिकादेखि ६३ वर्षीया महिलासम्म रहेका छन् । कात्तिक २१ गते मुलपानीस्थित क्रिकेट मैदान परिसरभित्र बन्द कोठामा १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरी मुद्दा चलाएको छ भने एक जना फरार छन् । पक्राउ पर्नेमा बर्दिया घर भई क्रिकेट मैदानको पर्खाल निर्माणको काम गर्ने २८ वर्षीय बिखशु थारू, २१ वर्षीय नरेश कुश्मा, २२ वर्षीय राजकुमार थारू, २१ वर्षीय रविन इटनी, १६ वर्षीय राजेश थारू, १९ वर्षीय हरि कुमाल र ३४ वर्षीय डिल्लीराम थारू रहेका छन् ।

यस्तै साउन ११ गते आठ र नौ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले काठमाडाँै गोकर्णेश्वर नगरपालिका–६ का ४० वर्षीय राकेश श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरी कार्यालय बौद्धको तथ्याङ्कअनुसार साउन १९ गते शङ्खरापुर नगरपालिकाका १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शङ्खरापुर नगरपालिकाका ४९ वर्षीय हरि तिमल्सिनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । सोही नगरपालिकाका ६३ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा भदौ २१ गते शङ्खरापुर नगरपालिकाका ४३ वर्षीय दलबहादुर शाहीलाई पक्राउ गरी उनी विरुद्ध मुद्दा चलाएको छ ।

यस्तै भारतको सितामढीका ३५ वर्षीय शम्भु गिरी काभ्रेका ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा असोज ४ गते पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक माधव चौधरीका अनुसार रामेछापका २८ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा सोलुखुम्बू दुधकुण्ड नगरपालिका–६ का २४ वर्षीय दावा तामाङलाई असोज १ गते पक्राउ गरी मुद्दा चलाएको छ । सोही जिल्लाको १७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ विराटनगरका २२ वर्षीय राजन मण्डललाई असोज २८ गते पक्राउ गरी मुद्दा चलाएको छ ।

प्रहीले खोटाङ र सुनसरी घर भई काठमाडौँ बस्दै आएका दुई बलालिकालाई बलात्कार गरेको अभियोगमा झापा गौरादहका ३९ वर्षीय मदन परियार र धनुषा घर भएका २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका–८ का ३१ वर्षीय कवि श्रेष्ठलाई आसोज ४ गते पक्राउ गरी मुद्दा चलाएको छ । “चार महीनाको अवधिमा बलात्कारका नौ मुद्दा अदालतमा दर्ता भएका छन्,” चौधरीले भन्नुभयो । बलात्कृत हुनेमा आठ बालिका, दुई युवती र एक महिला रहेका छन् । सबैभन्दा बढी बालिका नै बलात्कृत हुने गरेको पाइएको छ ।

“प्रहरीले निष्पक्ष अनुसन्धान गरे अपराधी पक्राउ गर्न समस्या हुन्न,” अधिवक्ता अस्मिता पोखरेलले भन्नुभयो, “लिभिङ टुगेदरसम्बन्धी कानून नबन्दासम्म समस्या बढ्दै जान्छ ।”