Thursday, June 4, 2026

घट्यो सुनको मूल्य

0

कात्तिक २८,२०७९ः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक सयले घटेर ९७ हजार दुई सय कायम भएको छ ।

सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला ९७ हजार तीन सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सय थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार दुई सय ९५ तोकिएको महासङ्घले जनाएको छ ।

हेलीकोप्टरबाट यात्रा गर्नेले जनताको समस्या बुझन् सक्दैनन् : चन्द्र भण्डारी

0

कात्तिक २८,२०७९ गुल्मीः गुल्मी क्षेत्र नम्वर एक प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार चन्द्र भण्डारीले हेलीकोप्टरबाट यात्रा गर्नेहरुले जनताका समस्या बुझन नसक्ने बताउनुभएको छ ।

 

यस क्षेत्रका पूर्व सांसद तथा मन्त्री प्रदीपकुमार ज्ञवालीलाई लक्षित गर्दै भण्डारीले गुल्मेली जनताको समस्या बुझने नेता चुन्न नजान्दा समस्या भएको भन्दै अब त्यो समस्याबाट मुक्त हुने समय आएको बताउनुभएको छ ।

 

ज्ञवाली माथिमाथिबाट हेलीकोप्टरमा यात्रा गर्ने भएकाले गुल्मेलीहरुको समस्या बुझन नसक्ने भण्डारीको तर्क छ ।
केपीओली नेतृत्वको सरकारले कोभिडको समयमा पनि जनताको समस्यालाई ध्यान नदिई आर्थिक चलखेल गर्न तल्लिन भएको आरोप लगाउँदै गठबन्धनलाई जिताउनका लागि छत्रकोट तीनका मतदाताहरुलाई आग्रह गर्नुभएको हो ।

 

 

यस क्षेत्रमा गठबन्धनको तर्फबाट चन्द्र भण्डारी र एमालेबाट प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेश सभा १ मा गठबन्धनबाट माओबादी केन्द्रका सुदर्शन बराल र एमालेका चिन्तामणी पाण्डे , प्रदेश सभा २ मा गठबन्धनबाट धनेन्द्र काकी र एमालेबाट फर्सुराम पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ ।

पोखरीमा डुबेर ३ भारतीयको बालकको मृत्यु

0

कात्तिक २८,२०७९सिरहा : सिरहाको मिर्चैयास्थित पोखरीमा डुबेर तीन जना भारतीय बालकको आइतबार साँझ मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मिर्चैया नगरपालिका–१ स्थित जेके इट्टा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षीय अली हसन, १० वर्षीय नवी हसन र जोगवनी निरगंजका नन्दलाल दासका १० वर्षीय छोरा नितेशको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो।

इट्टा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

अर्का बालक नितेशको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मिर्चैयाका प्रहरी प्रमुख डीएसपी हरि बहादुर वलीले जानकारी दिए।

प्रचण्ड पुगे हिमालपारिका गाउँमा, उपल्लो गोरखाको विकासमा पहल गर्ने सङ्कल्प

0

गोरखा, कार्तिक २७ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज (आइतबार) हिमालपारि उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ, सिर्दिबास र माछाखोलाका मतदातासँग भेटघाट गर्नुभएको छ।

गोरखाको क्षेत्र नं. १ मा उक्त गाउँपालिकाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाका अति विकट क्षेत्रको विकासका लागि आफूले पहल गर्नु प्रतिबद्धता व्यक्त गर्नुभयो।

गोरखाको विकास र समृद्धिका लागि नै आफूले यसपटकको निर्वाचनमा गोरखा आएको बताउँदै प्रचण्डले प्रतिगामी र संविधानविरोधी शक्तिहरुलाई यही निर्वाचनबाट सबक सिकाउनु पर्नेमा जोड दिनुभयो।

अध्यक्ष प्रचण्डले अहिले संविधान पक्षधर र विरोधीहरुको लडाई रहेको चर्चा गर्दै सत्ता गठबन्धनले संविधानको रक्षा, समृद्धि र अग्रमगनको नेतृत्व गरेको तर एमाले र केपी ओलीले प्राप्त उपलब्धिलाई समाप्त पार्ने र देशलाई अँध्यारो सुरुङतर्फ लिन खोजेको बताउनु भयो।

राजनीतिक परिवर्तनको लागि जनयुद्धको तयारी गोरखाबाटै गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो,‘अहिले राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको छु।’

निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यहाँको सडक विस्तार, भएका सडकलाई कालोपत्रे, विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने उहाँले बताउनु भयो ।

राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ रहेको उहाँको भनाई थियो।

आर्थिक क्रान्तिको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेको उहाँले बताउनु भयो।

 

१४ वर्षीया बालिका बलात्कृत

0

कात्तिक २७,०७९काठमाडौं : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका(२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका(१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई  प्रहरीले पक्राउ गरेको छ।

 

गिरीले ती बालिकालाई ललाई फकाई काठमाडौं महानगरपालिका(१५ स्वयम्भू स्तुपा जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सामुदायिक रेडियो रामपुरको १४ औँ वार्षिकोत्सव मनाइयो

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), २७ कात्तिक : सामुदायिक रेडियो रामपुर एफ एम् १०३ दशमलव ६ मेगाहर्जले आज १४ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।

रामपुर नगरपालिका वडा नं ५ मा रहेको रेडियो घर सानीअमराईमा वार्षिकोत्सव बिशेष कार्यक्रम गरिएको हो । रेडियो संचालक समितिका अध्यक्ष ऋषिराम भट्टराईको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अर्यालले कालीगण्डकीवेशीकै पहिलो रेडियोको रुपमा रहेको सामुदायिक रेडियो रामपुरले यस क्षेत्रमा सुचना, समाचार प्रसारणमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । जनताको आवाज बोल्ने रेडियोले कर्मचारीलाई बेला बेलामा स्तर बृद्धि गर्ने खालका कार्यक्रम गरी सुदुढीकरण योजना बनाउँदै अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

 

रेडियोका अध्यक्ष भट्टराईले अध्यक्षको वार्षिक प्रतिवेदन पेश गर्नुहुदै रेडियोको संस्थागत विकासमा पालिकाको सहयोग अति आवश्यक रहेको बताउनुभएको छ । उहाँले नेपालमै सबैभन्दा धेरै आजिवन सदस्यको रुपमा रहेको यो रेडियोले दुर दराजका वस्तीमा सुचनाको संवाहक बनेर काम गरिरहेको बताउनुभएको छ ।

कार्यक्रममा निमिक्त स्टेशन प्रबन्धक सिर्जना घिमिरेले रेडियो स्थापनाकाल देखि हालसम्मका विभिन्न गतिबिधिबारे जानकारी गराउनुभएको छ । कोषाध्यक्ष छायाँचन्द्र पंगेनीले कोषाध्यक्षको प्रतिवेदन र बजार व्यवस्थापक शोभाकान्त पाठकले आर्थिक प्रतिवेदन पढेर सुनाउनुभएको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरिक्षक लक्ष्मण देवकोटा, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दिवाकर देवकोटा, कालीगण्डकी सामुदायिक विकास केन्द्रका अध्यक्ष देवेन्द्रप्रसाद पोखरेल, नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटि अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य कमलराज भट्टराई, नेकपा समाजवादीका नगर कमिटि अध्यक्ष फणेश्वर गौतम, सामुदायिक रेडियो रामपुरका पूर्व स्टेशन प्रबन्धकहरु सुकदेव पोखरेल, बासुदेव ढकाल, कालीगण्डकी सामुदायिक विकास केन्द्रका संचालक समितिका उपाध्यक्ष एकराज अर्याल, रामतुलसी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेल, रेडियोका प्रतिनिधि दानस मल्ल लगायतले बोल्नुहुदै सुचना र संचारको भरपर्दो माध्यमको रुपमा यस रेडियोले ग्रामीण भेगमा सुचना, समाज प्रसारणमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

संचालक समितिका उपाध्यक्ष रामप्रसाद खत्रीको स्वागतबाट सुरु भएको कार्यक्रममा धन्यवाद उपाध्यक्ष हमिद अलिमियाँले र संचालन निमिक्त स्टेशन प्रबन्धक सिर्जना घिमिरेले गर्नुभएको हो । २०६२ सालमा इजाजत पत्र प्राप्त गरी २०६५ साल कात्तिक २६ गते अर्थात् आजकै दिनदेखि नियमित रुपमा प्रसारण सेवा रेडियोले सुरु गरेको हो । रेडियोमा आजिवन र बिशिष्ठ आजिवन सदस्य गरी करिव नौसय बढीको हाराहारीमा सदस्य रहनुभएको छ । यस रेडियोले पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपरासी, गुल्मी, कास्की लगायतका विभिन्न जिल्लामा रेडियोले सेवा प्रवाह गर्दै आइरहेको छ । वार्षिकोत्सव बिशेष कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।

सोही अवसरमा रामपुर नगरपालिका वडा नं ५ भम्बक कठानखेत बस्ने राजु मश्राङ्गीले सामुदायिक रेडियो रामपुरको बिशिष्ठ आजिवन सदस्य बन्नुभएको छ । आज १४ औँ वार्षिकोत्सवको अवसरमा मश्राङ्गीले पाँच हजार पाँच रकम बुझाएर आजिवन सदस्यता लिनुभएको हो । इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्याल र रेडियो संचालक समिति अध्यक्ष ऋषिराम भट्टराईले आजिवन सदस्यता वितरण गर्नुभएको हो । मश्राङ्गीका धर्मपत्नी लक्ष्मी थापा मश्राङ्गीले सदस्यता रसिद ग्रहण गर्नुभएको छ । रेडियोले गाउँघरको आवाज बोल्ने भएकाले बिशिष्ठ आजिवन सदस्य बनेको उहाँले बताउनुभएको छ ।

 

लाखौंको चिनी र डिएपी मल बरामद

0

कात्तिक २४,२०७९रौतहट : रौतहट प्रहरीले लाखौं रूपैयाँ मूल्य बराबरको अवैध तवरबाट ल्याइएको १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल बरामद गरेको छ।

भारतबाट अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी नेपालतर्फ ल्याइरहेको अवस्थामा जिल्लाको इशनाथ नगरपालिका वडा नं ४ सानो लतमरीबाट उक्त चिनी र डिएपी मल बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले बुधबार दिउँसो २ बजे ६ लाख ९८ हजार रूपैयाँ मूल्य बराबरको १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

बेवारिसे अवस्थामा बरामद गरिएको उक्त परिमाणको चिनी र डिएपी मल जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको डिएसपी मल्लले जानकारी दिए।

प्रतिगमनलाई परास्त गर्न गठबन्धन : प्रचण्ड

0
vnªuf,@# sflQsM r'gfjL ;efsf ;xefuL nf]stflGqs jfd u7aGwgsf] r'gfjL ;efnfO{ ;Daf]wg ug{ bfr{'nfsf] uf]s'n]:j/df cfpg'ePsf k|wfgdGqL tyf g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf / g]skf -dfcf]jfbL s]G›_sf cWoIf k'iksdn bfxfn …k|r08Ú nufot ;xefuL . tl:a/M u0f]zl;+x wfdL÷/f;;

दार्चुला, कार्तिक २३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरेको बताउनुभएको छ ।

बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा सात राजनीतिक दलको तर्फबाट कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशको राजनीतिक परिवर्तनको प्रक्रिया सुरु भएको स्मरण गर्नुभयो।

अहिले मुलुकमा व्याप्त परिवर्तन विरोधी, संघीय लोकतन्त्र विरोधी, संविधान विरोधी र प्रतिगामीहरुलाई परास्त गर्नका लागि नेपाली कांग्रेस लगायत परिवर्तन पक्षधर पार्टीहरुसँग गठबन्धन गरेको उहाँले बताउनु भयो। अध्यक्ष प्रचण्डले नेपाली जनताको साथ र सहयोगसहित गठबन्धनका दलहरु एक ढिक्का भएमा प्रतिगामीहरुलाई परास्त गर्न सकिने दावी गर्नुभयो।

अहिले मुलुकमा दुई खाले गठबन्धन भएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ठूलो संघर्षबाट प्राप्त नेपाली जनताको अधिकारको संरक्षण, संविधानको रक्षा, संघीयता, लोकतन्त्र र नेपाली जनताको पक्षमा हाम्रो गठबन्धन बनेको छ।’

प्रतिगामी शक्तिहरुले पनि गठबन्धन बनाएको भन्दै उहाँले भन्नुभयो, ‘जो हिजोका दिनदेखि नै संघर्षबाट प्राप्त उपलब्धिहरुको विरोधी थियो। अहिले पनि निकै ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन चाहन्छ, संविधानलाई च्यात्न चाहने, मुलुकमा राजतन्त्र फर्काउन चाहनेहरुको पनि गठबन्धन बनेको छ। त्यसको नेतृत्व केपी ओलीले गरेका छन्।’

मंसीर ४ गते यी दुई गठबन्धनबीच ठूलो रणसंग्राम हुने भन्दैप्रचण्डले त्यसको निर्णय नेपाली जनताको हातमा भएको उल्लेख गर्नुभयो । परिवर्तनका पक्षधर, संविधानको रक्षा, शान्ति सम्झौता, लोकतन्त्र, गणतन्त्र, संघीयताका पक्षधरहरुको नेतृत्व गर्ने पार्टीका नेताहरु जनताको घरदैलोमा आएको भन्दै प्रचण्डले जनताले उहाँहरुलाई मत दिने विश्वास व्यक्त गर्नुभयो ।

राजनीतिक स्थिरता र समृद्धिका लागि आफूले ठूलो जोखिम उठाएर वाम एकताको पहल गरेको भन्दै अध्यक्ष प्रचण्डले संविधान च्यात्ने मौका छोपेर बसेका ओली नसुध्रिएको बताउनुभयो।

‘संविधान सभाको विरोध गर्ने, नेपालमा गणतन्त्र हुनै सक्दैन भनेर टिप्पणी गर्ने केपी ओलीले पनि संविधानमा हस्ताक्षर गरिसकेपछि यिनको बुद्धि फिरेको भन्ने म भ्रममा परेँ, देशमा राजनीतिक स्थिरता होला भनेर पार्टीएकताको प्रस्ताव पनि गरेँ,’ उहाँले थप्नुभयो, ‘तर एकता गरिसकेपछि थाहा भयो ओली त मौकाको ताकमा बसेका रहेछन्। जब पावर (शक्ति) हातमा आउँछ अनि यो संविधान च्यात्ने दाउमा बसेका रहेछन्। सबै उत्पीडित, जाति, वर्ग समुदायले पाएको अधिकार खोस्ने उद्देश्यले उनी बसेको थाहा भयो। उनले पाखण्डी चरित्र देखाएका रहेछन्।’

दुई पटकसम्म संसद विघटन गर्नुले उनी बयलगाढावाला सिद्धान्तबाट पछि नहटेको प्रष्ट भएको अध्यक्ष प्रचण्डले बताउनुभयो।

अहिले चुनाव प्रचार प्रसारमा ओलीले दुई तिहाइको बहुमतको सरकार बनाउनुप¥यो भन्दै जनतासमक्ष हार गुहार गर्नुले उनीमा नैतिकता हराएको स्पष्ट देखिने बताउनुभयो ।

‘अब एमालेलाई बहुमत किन दिने? भएको दुई तिहाइ बहुमतको सरकार विघटन गर्ने, विशाल पार्टीलाई टुक्रा टुक्रा पार्ने केपी ओली, कुन नैतिकताले जनताको अगाडि बहुमत मागेको?’ प्रचण्डले प्रश्न गर्नुभयो ‘किन फेरि पनि संविधान च्यात्नका लागि चाहियो बहुमत? सदन पटक–पटक विघटन गरेर नेपाली जनताको अपमान गर्न चाहियो बहुमत कि अब बचे खुचेको कम्युनिष्ट आन्दोलनलाई पनि ध्वस्त पार्न बहुमत चाहियो? होइनभने दुई तिहाइ त दिएको थियो नेपाली जनताले।’

धुत्र्याइ गर्न एमाले जति अरु कसैले गर्न नसक्ने भन्दै प्रचण्डले भन्नुभयो, ‘चुनावका बेला जनताको दैलोमा पुगेर गोहीका आँसु बगाउन पनि पछि पर्दैनन् उनीहरु। ती वास्तविक दुःखका आँसु हुँदैनन्, त्यस्ता चिप्लेहरुको पछि नलाग्नुहोला।’

चुच्चे नक्सा बनाएको भन्दै ओलीले झ्याली पिटेको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नक्सा पास ओलीले गरेका होइनन्, तत्कालीन नेकपा बहुमत स्थायी कमिटी सदस्यहरुको मागअनुसार भएको हो।’ त्यसलाई नक्सामा मात्रै हुँदैन, जमिन पनि हाम्रो हो भनी भारतसँग कूटनीतिक पहल गर्नका लागि हामीले पटक–पटक उनीसँग छलफल गर्दासमेत उनले हिम्मत जुटाउन नसकेका हुन्।

आफू नेकपाको एउटा अध्यक्ष रहेको भन्दै प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न तत्कालीन नेकपाको बहुमतले बाध्य पारेपछि नेकपाको निर्णय मान्न ओली तयार भएको बताउनु भयो।

आफ्नै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्री बनेको भन्दैअध्यक्ष प्रचण्डले सामथ्र्य भए अब प्रधानमन्त्री बनेर देखाउन ओलीलाई चुनौती दिनुभयो।
चुनाव प्रचार प्रसार अभियानमा हिड्नुभएका अध्यक्ष प्रचण्डले गठबन्धनको पक्षमा छाप लगाउन नेपाली जनतालाई अपिल गर्नुभएको छ। जनताले काम गर्न अधिकार प्रदान गरेमात्रै मुलुकको विकास, निर्माण तथा जनताको जीवन उकास्ने काम गर्न सकिने भन्दै उहाँले निर्णय जनताको हातमा भएको स्पष्ट पार्नुभयो।

कार्यक्रमलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि सम्बोधन गर्नुभएको थियो।
वाम लोकतान्त्रिक गठबन्धनले आजै डडेल्धुरा र कैलालीमा पनि चुनावी सभा आयोजना गरेको छ। दुवै सभालाई अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

कर्णाली र सुदूरपश्चिमको विकासमा प्राथमिकता दिने प्रचण्डको प्रतिबद्धता`

0

कात्तिक २३,२०७९ जुम्ला : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले कर्णालीमा प्रतिगामी, निरंकुशतावादी र सामन्तवादीहरुलाई शून्य बनाउनु पर्ने बताउनु भएको छ।

मंगलबार जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनकारी, निरंकुशतावादी र सामन्तवादीलाई शून्य बनाएर कर्णालीबासीले रेकर्ड राख्नुपर्ने बताउनु भएको हो।

‘तपाईं कर्णालीवासीले प्रतिगमनकारीहरुलाई शून्य बनाएर रेकर्ड बनाउनु पर्नेछ’, अध्यक्ष प्रचण्डले भन्नुभयो,‘कर्णाली प्रदेश जागरण र परिवर्तनको प्रदेश, न्याय समानताको पक्षमा दृढतापूर्वक उभिने प्रदेशका रुपमा खडा गर्नुपर्ने छ। जुम्लावासीले रेकर्ड बनाए कर्णालीभरि नै त्यही बन्नेछ ।’

मंसिर ४ गते दुई विचार, दुई प्रवृत्ति, दुई संस्कृतिका बीचको चुनावी लडाईंभएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन सामान्य औपचारिक चुनाव मात्रै नभएको बताउनु भयो।
‘यो निर्वाचनमाएउटा गठबन्धन ७० वर्ष लडेर प्राप्त गरेका अधिकार रक्षा गर्न चाहने पक्षमा उभिएको छ, त्यसको नेतृत्व हामीले गरेको छौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अर्को गठबन्धन संविधान तथा जनताले पाएको अधिकार उल्ट्याउन चाहने केपी ओली नेतृत्वको गठबन्धन छ । त्यसैले योसामान्य औपचारिक निर्वाचनको अभ्यास मात्रै छैन । जनताले जनताको अधिकारको रक्षा गर्ने कि यसलाई उल्ट्याउने भन्नेका बीचको लडाइँको रुपमा मंसिर ४ को निर्वाचन छ ।’

दुईतिहाइको सरकार बचाउन नसक्ने, संविधानमाथि घात गर्ने, संसद् विघटन गर्ने र पार्टी विघटन गरेर धुजाधुजा पार्ने एमाले अध्यक्ष ओली यही निर्वाचनबाट पत्तासाफ हुने प्रचण्डले बताउनु भयो।ओली नेतृत्वको गठबन्धनलाई भोट दिनु भनेको निरंकुशता र अराजकताको भूमरीतर्फ देशलाई लैजान चाहनु भएको चर्चा गर्दै प्रचण्डले देशलाई फेरि विघटन र प्रतिगमनतिर जान नदिन सचेत भएर वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा भोट खसाल्नसमेत आह्वान गर्नुभयो।

देशमा राजनीतिक स्थिरता र आर्थिक विकास आवश्यक रहेको भन्दै अध्यक्ष प्रचण्डले ७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने केपी ओलीले जनतासँग माफी माग्नुपर्ने बताउनु भयो।

ओलीले संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काएपछि आफूहरुले वाम लोकतान्त्रिक शक्ति मिलेरअहिलेको गठबन्धन बनाएको उहाँले बताउनु भयो। ‘अब नयाँ नेपाल निर्माण गर्ने अभिभारा पनि यही गठबन्धन दललाई नै छ । त्यसैले तपाईंहरुले चुनावमा हाम्रो गठबन्धनको पक्षमा मत खसाल्नुहोस्।’

कर्णालीको विकास सरकारको प्राथमिकतामा

आगामी निर्वाचनपछि वाम–लोकतान्त्रिक गठबन्धनकै सरकार बन्ने भन्दै प्रचण्डले कर्णालीको विकास पूर्वाधारका लागि विशेष प्राथमिकता दिनेमा जोड दिनुभयो। कर्णालीको सडक पिचसँगै फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आर्थिक गतिविधि र व्यापार व्यवसायको विकासका लागि समेत सडक पूर्वाधार अति आवश्यक भएको बताउनु भयो।
‘कर्णालीमा पहिले बिरामी ओसारिन्थ्यो, अहिले डाक्टर उत्पादन गरेर देशभरिका बिरामीलाई उपचार गर्न पठाउन सक्ने भइसकेको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले कर्णाली र सुदूरपश्चिमको भौतिक विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन विकासमा जोड दिने भनेका छौं। कर्णालीको विकास हाम्रो दिमागमा सबैभन्दा अघि नै छ। प्रदेश र संघको निर्वाचनपछि गठबन्धनको सरकार बन्छ । अत्यधिक बहुमत पनि आउँछ । अनि समृद्ध कर्णालीको अभियान अघि बढ्छ।’
जुम्लाबाट माओवादी केन्द्रका नेता गोमा कँुवरलाई गठबन्धनको साझा उम्मेदवार उठाइएको भन्दै प्रचण्डले संघ र प्रदेशका गठबन्धनका सबै उम्मेदवारहरुलाई भोट दिई जिताउन जुम्लाबासीलाई आग्रह गर्नुभयो।
सभालाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुले सम्बोधन गर्नुभएको थियो।

अध्यक्ष प्रचण्डले आज नै जुम्लाको सिञ्जा, कालिकोटको मान्म र रास्कोट तथा हुम्लाको सर्केगाडमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको छ।

प्युठानमा भएको जिप दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु, १२ घाइते

0

कात्तिक २३,२०७९ प्युठानः : प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए।

 

दुर्घटनामा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए।

 

दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइते हुनेहरूमा प्यूठान नगरपालिका–५ पूर्णगाउँका ३४ वर्षीया कीजगमाया महरा, ५० वर्षीया किगदी घर्ती, ५० वर्षीया डिलाराम घर्ती, ३१ वर्षीया बिरीकुमारी महरा, ४७ वर्षीया गोरी खत्री, ५२ वर्षीया फागुनीखत्री, २५ वर्षीया श्रीमायामहरा, ५८ वर्षीय रामे रोका, ३७ वर्षीय निमलाल घर्ती मगर, १८ वर्षीया कुमारी महरा, ४३ वर्षीया किनखी महरा र ३४ वर्षीया किनिमा खत्री छन्। जिप मंगलबार मध्यरात १२ बजेतिर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

 

दुर्घटनामा परी मुत्यु हुने सबै पातलकटेरी र घाइते सबै पूर्णगाउँका हुन्। परिचालकलाई प्रहरीले पक्राउ गरेको छ भने चालक भने फरार रहेका छन्।