नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

0
448

कात्तिक १२,२०७७ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ। कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक मंसिर १५ सम्मलाई स्थगित भएको हो।

पार्टीमा देखिएको आन्तरिक कलह बढ्दै गएका बेला नेकपा केन्द्रीय कमिटी बैठक स्थगित भएको हो। यो बैठक अब मंसिर १५ देखि १७ गतेसम्मका लागि सारिएको नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्तिमार्फत जनाएका छन्।

पार्टी केन्द्रीय कार्यालयले बैठक स्थगितको कारण कोरोना भाइरस संकट भनेको छ। ुकात्तिक १५ देखि १७ सम्मलाई आयोजना गरिएको पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक कोभिड(१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छु, विज्ञप्तिमा भनिएको छ, ुस्थगित बैठक यही मंसिर १५ देखि १७ गतेसम्मलाई आयोजना गरिएको छ।ु

भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले पार्टीको एकता महाधिवेशनको कार्ययोजना बनाउनका लागि केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो।

नेकपा नेताहरूले अहिलेको परिस्थितिमा केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने बताइसकेका थिए। नेकपा केन्द्रीय कमिटीमा ४ सय ४१ सदस्य रहेका छन्। सरकारले नै जमघट र धेरै मानिस एकै ठाउँमा भेला नहुन आग्रह गरिरहेको बेलामा सत्ताधारी दलले जम्बो टोलीको बैठक राख्न नहुने सुझाव नेताहरुले दिएका थिए।

SHARE