इनारमा डुबेर बालकको मृत्यु

0
353

कात्तिक ८,२०७७

तनहुँ : इनारमा डुबेर तनहुँमा एक बालकको मृत्यु भएको छ। भानु नगरपालिका–७ चन्द्रावतीका दीपक खनालका ५ वर्षका छोरा प्रीतमको ज्यान गएको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ ५ बजेदेखि हराइरहेका बालकको राति १० बजे इनारमा डुबेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार शवलाई शनिबार दमौली अस्पतालमा पोष्टमार्टमको लागि ल्याइएको छ।

SHARE