सङ्कटकालको हल्ला निराधार : गृह मन्त्रालय

0
260

कात्तिक ४,२०७७ काठमाडौं : गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस एसएमएस मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट पारेको छ ।
कोरोना सङ्क्रमण कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथाम र अन्य कुनै कारण देखाई सङ्कटकाल तथा कफ्र्यु लगाउनेसम्बन्धी सरकारको कुनै योजना नभएको स्पष्ट गर्दै गृह प्रवक्ता चक्रबहादुर बुढाले तथ्यहीन, भ्रामक, निराधार र गलत सूचनाप्रति विश्वास नगर्न आग्रह गरे।

SHARE