अर्थमन्त्रीको सल्लाहकारमा डाक्टर श्रेष्ठ नियुक्त

0
309

कात्तिक ४,२०७७ काठमाडौं :अर्थमन्त्री विष्णु पौडेलको सल्लाहकारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डाक्टर प्रकाशकुमार श्रेष्ठलाई नियुक्त भएका छन्।

श्रेष्ठले यसअघि प्रदेश ५ को योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन्।

उनी सन् १९९७ देखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन्। त्यसअघि केही समय उनले नेपाल दूरसञ्चार संस्थानमा काम गरेका थिए।

SHARE